
काठमाडौं ।
चिनियाँ वैज्ञानिकहरूले कीर्तिमानी गामा–रे बर्स्ट लाइन पत्ता लगाएका छन् ।
चाइनिज एकेडेमी अफ साइन्सेसको इन्स्टिच्युट अफ हाई इनर्जी फिजिक्सको नेतृत्वमा रहेको अनुसन्धान टोलीले उक्त महत्त्वपूर्ण खोज गरेका हुन्।
उनीहरूले ३७ एमईभी सम्मको उर्जाको साथ गामा–रे स्पेक्ट्रम लाइन (रेखा) पहिचान गरेका हुन् जुन आकाशीय वस्तुबाट हेरिएको सबैभन्दा उच्च हो।
साथै “साइन्स चाइनाः फिजिक्स, मेकानिक्स एण्ड एस्ट्रोनोमी” नामक जर्नलमा प्रकाशित यो खोजले गामा–रे बर्स्ट र ”रिलेटिभिस्टिक्स जेट्सको रहस्यमा नयाँ प्रकाश पारेको जनाइएको छ।
अन्वेषकहरूले ३७ एमईभी सम्मको ऊर्जासहितको गामा–रे स्पेक्ट्रम लाइनलाई पहिचान गरेका हुन्।
पोलार स्पेस टेलिस्कोप र फर्मी स्याटेलाइटबाट प्राप्त डाटाको विश्लेषण गरेर उक्त अद्वितीय खोज पत्ता लगाइएको उल्लेख गरिएको छ।
त्यसैगरी अवलोकन गरिएको स्पेक्ट्रम रेखाले रेकर्ड–ब्रेकिङ ऊर्जाका साथै इनर्जी (ऊर्जा) र लुमिनस (चमक) दुवैमा एक अद्वितीय पावर–लअ इभोलुसन पनि प्रदर्शन गरेको थप उल्लेख छ।
यो महत्त्वपूर्ण उपलब्धिले वैज्ञानिकहरूलाई गामा–रे बर्स्ट र तिनीहरूसँग सम्बन्धित शक्तिशाली जेटहरूको रहस्य पत्ता लगाउन महत्त्वपूर्ण सुरागहरू प्रदान गर्ने अपेक्षा गरिएको छ।
साथै गामा–रे बर्स्ट अनुसन्धानको क्षेत्रमा एक प्रमुख माइलस्टोन सावित भएको र यी आकाशीय घटनाहरूको थप अन्वेषणको लागि मार्गप्रशस्त गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १२ श्रावण २०८१, शनिबार