हाईफाई अडियोयुक्त डिलक्स भर्जन ल्याउने तयारीमा स्पोटीफाई

  • Technology Khabar | १२ श्रावण २०८१, शनिबार
हाईफाई अडियोयुक्त डिलक्स भर्जन ल्याउने तयारीमा स्पोटीफाई

काठमाडौं ।

म्युजिक स्ट्रिमिङ जायण्ट स्पोटीफाईले हाईफाई अडियोयुक्त डिलक्स भर्जन ल्याउने तयारी गरिरहेको छ।

पहिलोपटक ३ वर्षअघि सार्वजनिक भएको यो एपमा अब लसलेस अडियोका साथै प्रिमियम ग्राहकका लागि एडभान्स लाइब्रेरी म्यानेजमेन्ट, एआईयुक्त प्लेलिस्ट तथा हेडफोन साउण्ड क्वालिटी अप्टिमाइजेशनजस्ता सुविधा थप हुने सञ्चार संस्था द भर्जले जनाएको छ।

बिहीबार कम्पनीको आम्दानी विवरण सार्वजनिक गर्ने क्रममा कम्पनीका सीईओ डेनियल एकले प्रिमियम भन्दा पनि उन्नत अफरहरुमा काम भइरहेको दावी गरे। तर उनले यी अफरहरु कहिलेसम्म उपलब्ध हुन्छ भन्ने यकिन मिति भने तोकेनन् ।

उनले नयाँ भर्जनमा थप गरिएको अफरमा कम्पनीको मासिक ग्राहक शुल्क १७ देखि १८ डलर तथा अझ उन्नत अडियो र ग्राहकले नै अझ बढी नियन्त्रण गर्नसक्ने खालका सुविधा समावेश हुने जानकारी दिए।

सीईओ एकले स्पोटीफाईले हाईफाई अडियोको पहिलोपटक घोषणा गरेको ४ वर्ष हाराहारी हुँदा पनि यसलाई मूर्त रुप दिन अझै प्रयास जारी रहेको र स्पोटीफाईको अझ उन्नत भर्जन उपलब्ध गराउने एकमात्र योजना रहेको बताए ।

प्रकाशित: १२ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १२ श्रावण २०८१, शनिबार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • १२ श्रावण २०८१, शनिबार

NOC from Nagarik App

  • १२ श्रावण २०८१, शनिबार

E-pension verification system launched

  • १२ श्रावण २०८१, शनिबार