डिजिटल बैंकिङलगायतका वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

डिजिटल बैंकिङलगायतका वित्तीय सचेतना कार्यक्रम सञ्चालन गरिने
एआईको सहयोगमा तयार पारिएको तस्विर।

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत डिजिटल बैंकिङलगायतका विषयमा वित्तीय सचेतना कार्यक्रम सञ्चालनका लागि प्रोत्साहन गर्ने भएको छ।

आज आर्थिक वर्ष २०८१-८२ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस प्रकारको व्यवस्था गरिने जानकारी दिएका हुन् ।

अधिकारीका अनुसार यस प्रकारको कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको दायित्व, कर्जा व्यवस्थापन, व्याजदर, वित्तीय सेवाको तुलनात्मक विश्लेषण, डिजिटल बैंकिङ्ग, वित्तीय ज्ञान एवम् मनोवृत्तिमार्फत वित्तीय व्यवहारमा परिवर्तन लगायतका विषयहरु समेटिनेछ ।

वित्तीय साक्षरता, ग्राहकहित संरक्षण, बैंक तथा वित्तीय संस्थाप्रति सेवाग्राहीको दायित्व लगायतका विषयमा सचेतना जगाउनु आफ्नै दायित्व भएकाले बैंक तथा वित्तीय संस्थालाई नै यी कार्यक्रम अगाडि बढाउन लगाइने उनले बताए।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया