बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने

  • Technology Khabar | ११ श्रावण २०८१, शुक्रबार
बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने

काठमाडौं ।

नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गर्ने भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०८१।८२ को बजेट वक्तव्यमा उल्लेख भएको बैैक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई नवप्रवर्तनमा प्रवाह गर्न प्रोत्साहन गरिने बताएका हुन् ।

तत्कालीन अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को सरकारको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश गर्दै बैंक तथा वित्तीय क्षेत्रबाट नवप्रवर्तनमा कर्जा तथा लगानी गर्ने नीति लिने बताएका थिए।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...