एप्पलले आईफोन १८ मा सामसङ क्यामरा सेन्सर प्रयोग गर्ने

Technology Khabar ११ श्रावण २०८१, शुक्रबार

काठमाडौं ।

एप्पलले आईफोनहरूको लागि क्यामरा सेन्सरको प्रयोगलाई विविधीकरण गर्न तयार रहेको बुझिएको छ ।

मिंग–ची कुओका अनुसार हाल सोनीले एकालौटी रुपमा एप्पललाई क्यामरा सेन्सरहरू आपूर्ति गर्दै आएकोमा अबको दुई वर्षको अवधिमा उक्त अवस्थामा परिवर्तन हुने देखिएको हो।

एप्पलले आईफोन १८ परिवारको लागि सामसङबाट सेन्सरहरू किन्ने जनाइएको छ जुन सन् २०२६ को शरद ऋतुमा लन्च हुने अपेक्षा गरिएको कुओले उल्लेख गरेका छन्। विशेष रूपमा, अल्ट्रावाइड क्यामराहरूको लागि ४८ मेगापिक्सेल १/२.६” सेन्सर प्रयोग गरिने थप उल्लेख गरिएको छ।

सामसङले कथित रूपमा एप्पलको आवश्यकताहरू पूरा गर्नको एउटा समर्पित टोलीको व्यवस्था गरेको उल्लेख छ। साथै दुई कम्पनीले यसअघि नै सम्झौतामा हस्ताक्षर पनि गरिसकेको हुन सक्ने थप उल्लेख गरिएको छ।

यद्यपि कुओले यस सम्बन्धी विवरणको बारेमा खुलासा गर्न छोडेको हुनाले जीएसएमएरिनाले आफ्नो तर्फबाट अनुमान मात्र गरिएको जनाएको छ।

त्यसैगरी यो परिवर्तनले यसअघिको तुलनामा आईफोन १८ जेनेरेसनको क्यामरा गुणस्तरमा के कस्तो भिन्नता ल्याउनेछ भन्ने बारेमा कुनै स्पष्टता उपलब्ध नभएको उल्लेख गरिएको छ। यद्यपि एप्पलले हालको सोनी सेन्सरहरूको भन्दा थप राम्रो गुणस्तर प्रदान गर्ने अपेक्षा गरिएको जनाइएको छ।

आईफोन १८ सिरिजमा १/२.६” सामसङ–निर्मित सेन्सरको साथ ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामरा हुने आकलन गरिएको छ जसलाई अझै औपचारिक रुपमा घोषणा गरिएको छैन ।

प्रकाशित: ११ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया