
काठमाडौं ।
गुगलले गुगल टिभी डिभाइसको साथ नयाँ क्रोमकास्टमा काम गरिरहेको छ । गुगलको यो काम अहिलेसम्म देखा परेकाभन्दा एकदमै फरक देखिएको जनाइएको छ।
९टु५गुगलका अनुसार यसलाई टिभी स्ट्रिमर भनिने सम्भावना रहेको र यसमा अण्डाकार डोंगलको सट्टा सेट–टप बक्स डिजाइन हुने जनाइएको छ। साथै रिमोट पनि थोरै पुनः डिजाइन गरिने र यसले आफ्नो अण्डाकार स्वरुप कायम राख्ने थप उल्लेख छ।
गुगल टिभी स्ट्रिमरको आकार पिक्सेल ट्याब्लेट चार्जिङ्ग स्पिकर डक जस्तै हुने उल्लेख गरिएको छ। यद्यपि गुगल टिभी स्ट्रिमर भने केही रुपमा ढल्किएको हुने जनाइएको छ।
यसको पछाडिबाट दुईवटा केबलहरू बाहिर निस्कने छन् जुन सम्भवतः, एउटा एचडीएमआई र अर्को पावर कर्ड हुने जनाइएको छ। यद्यपि यसमा डिस्प्लेका साथै टच विशेषता हुन वा नहुन पनि सक्ने जनाइएको छ भने स्रोतले पनि त्यस्ता फिलचरहरूको बारेमा केही पनि उल्लेख नगरेको जनाइएको छ।
त्यसका साथै रिमोट भने पहिलेको जस्तै देखिन सक्ने जनाइएको छ। यद्यपि रिमोटमा फरक भनेको अब भोल्युम कीहरू साइडको सट्टा ट्टप (माथि) रहने छन्। साथै यसको होम की अब भ्वाइस इनपुट कीको सट्टा कलर–कोड गरिएको हुनेछ।
गुगलले सबै डिभाइसहरूमा एसिस्टेन्टसँग आफ्नो एआई इन्जिन, जेमिनी मर्ज गर्न काम गरिरहेको हुनाले भ्वाइस बटन अब एसिस्टेन्ट लोगोको सट्टा नियमित माइक्रोफोन ईमेजको साथ आउने भएको जनाइएको छ।
इनपुट/सोर्स की पनि परिवर्तन गरिने भएको छ र त्यहाँ अब रहने म्याजिक सिम्बलले प्रयोगकर्ताहरूलाई डिभाइस इनपुट वा एप सर्टकटहरू सहित केही फङ्सनहरू मध्ये एकमा पुनः प्रोग्राम गर्न सघाउने सम्भावनाको उल्लेख गरिएको छ।
गुगलले अगस्ट १३ मा एउटा महत्वपूर्ण कार्यक्रम आयाोजना गर्दैछ । उक्त कार्यक्रममा कम्पनीले आफ्नो नयाँ पिक्सेल ९ फोनहरू अनावरण गर्ने जनाइएको छ।
साथै टिभी स्ट्रिमर पनि प्रस्तुत गर्ने सम्भावना रहेको भए तापनि यस बारेमा थप पुष्टि नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १० श्रावण २०८१, बिहीबार