फोनमनीले ल्यायो १ करोड कोरियाली वोन जित्न सकिने योजना

  • Technology Khabar | ८ श्रावण २०८१, मंगलवार
फोनमनीले ल्यायो १ करोड कोरियाली वोन जित्न सकिने योजना

काठमाडौं ।

दक्षिण कोरियामा रहेका नेपालीहरुका लागि डिजाइन गरिएको डिजिटल मनी ट्रान्सफर एप फोनमनीले “फोनमनी साथमा, १ करोड हातमा” सुरु गरेको छ।

यो योजना २१ जुलाई २०२४ बाट सुरु भएर १ जनवरी २०२५ सम्म जम्मा ६ महिनासम्म चल्ने बताइएको छ ।

कोरियामा कार्यरत र बसोबास गर्ने नेपालीहरूले यो एप मार्फत नेपालमा पैसा पठाएर यस योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।

यो योजना अवधिमा सहभागीहरूले हरेक हप्ता आफूले पठाएको रकम दोब्बर गर्ने मौका पाउनेछन्। यसबाहेक योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले १ करोड कोरियन वोन (करिब १० लाख नेपाली रुपैयाँ) को बम्पर पुरस्कार पनि जित्नेछन्।

यो योजनामा सहभागी हुनका लागि फोनमनी एप प्रयोग गरेर नेपालमा आफ्नो परिवार र साथीहरूलाई पैसा पठाउनु पर्नेछ । फोनमनी मार्फत हरेक ट्रान्सफरमा 0% सेवा शुल्क र सबैभन्दा राम्रो रेट उपलब्ध हुने कम्पनीको प्रतिबद्धता रहेको छ।

फोनमनीका मार्केटिङ म्यानेजर राजन अधिकारीले भने, “हामी कोरियामा रहेका नेपाली समुदायलाई भरपर्दो, किफायती र पुरस्कारदायी तरिकाले पैसा पठाउन सहयोग गर्न प्रतिबद्ध छौं। ‘फोनमनी साथमा, १ करोड हातमा’ हाम्रो प्रयोगकर्ताहरूलाई धन्यवाद दिन र उनीहरूको वित्तीय लेनदेनलाई अझै पुरस्कारदायी बनाउनको लागि हाम्रो प्रयास हो।”

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार