इभीका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने नाडाको माग

  • Technology Khabar | ८ श्रावण २०८१, मंगलवार
इभीका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने नाडाको माग

काठमाडौं ।

अटोमोबाइल क्षेत्रको छाता संस्था नाडाले देशभर विद्युतीय गाडिहरुको प्रयोग बढिरहेपनि राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको सरकारसँग गुनासो गरेको छ।

अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेटगरी नेपालमा विद्युतिय सवारी साधनहरुको आयात बढदै गएको भएपनि सोही अनुरुप राजमार्ग तथा सहरहरुमा चार्जिङ्ग स्टेशनहरुको निर्माण हुन नसकेको बताएको छ।

अध्यक्ष चौधरीले नेपालमा विद्युतिय सवारी साधनहरुका सम्बन्धमा सरकारले स्थायी प्रकृतिको नीति नियम ल्याउनु पर्ने माग गरे।

यस बाहेक नाडाले विभिन्न विषयहरुमा छलफल गरेको छ। छलफलमा अध्यक्ष चौधरीले विशेषगरी अटोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन बैँकहरुबाट निजी सवारी साधनको हायर पर्चेज कर्जा प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई वृद्धि गरेर ७५ प्रतिशत गरिनु पर्नेमा जोड दिए।

उनले हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइज भारतमा लागु भएको इम्बोस्ड नम्बर प्लेटको साइजअनुसार नभई फरक साइजको भएकोले सवारी संचालनको क्रमा अगाडीको सकरमा ठोकिने भएको कारणले चालकको सुरक्षाको दृष्टिकोणले उपयुक्त नभएको हुँदा इम्बोस्ड नम्बर प्रयोगको हकमा भारतमा लागु भएको साइजको इम्बोस्ड नम्बर प्लेट वा हाल नेपालमा लागु भएको इम्बोस्ड नम्बर प्लेट मध्ये कुनै एक राख्न मिल्ने गरी व्यवस्था गरिदिन समेत अनुरोध गरेका थिए।

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...