ओप्पोको के१२एक्स भारतमा सार्वजनिक हुने मिति पक्का

Technology Khabar ८ श्रावण २०८१, मंगलवार

ओप्पोको के१२एक्स भारतमा सार्वजनिक हुने मिति पक्का

काठमाडौं ।

चिनियाँ कम्पनी ओप्पोले आफ्नो नयाँ ओप्पो के१२एक्स स्मार्टफोन मोडल भारतमा सार्वजनिक गर्ने भएको छ। यो डिभाइस यसअघि चीनमा गत मे महिनामा सार्वजनिक गरिएको थियो । त्यसको ठिक एक महिनापछि यो डिभाइस भारतमा उपलब्ध हुने पक्का भएको हो।

कम्पनीले यो डिभाइस २१ जुलाईका दिन फ्लिपकार्टको माइक्रोसाइटमा भारतमा सार्वजनिक गर्ने परीक्षण गरेको थियो। परीक्षणपछि कम्पनीले आगामी जुलाई २९ तारिखका दिन उक्त डिभाइस सार्वजनिक गर्ने जानकारी दिएको हो।

बाहिर आएका फोटोहरुका हिसाबले यो डिभाइस गत अप्रिलमा सार्वजनिक भएको वनप्लस नर्ड सीई ४ जस्तै देखिन्छ ।

गिज्मोचाइनाका अनुसार यसरी हेर्दा कम्पनीले वनप्लस नर्ड सीई ४ लाई नै रिब्राण्ड गरेर ल्याउन लागेको आकलन पनि गरिएको छ। नर्ड सीई ४ आफैं पनि अप्पो के१२ ५जीको चिनियाँ संस्करणको रिब्राण्डेड भर्जन हो।

यता कम्पनीले भने के१२एक्सको स्पेसिफिकेशन र मूल्यका बारेमा कुनै जानकारी सार्वजनिक गरेको छैन। तर यो डिभाइस ब्रीज ब्लू र मिडनाइट भायोलेट गरी दुई रंगमा उपलब्ध हुने पक्का भएको छ। यो मोडल निकै पातलो रहेको छ। यसको मोटाई ७.६८ एमएम र तौल १८६ ग्राम मात्र रहेको छ।

Sajilo Visa

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार