Technology Khabar ८ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
नेटफ्लिक्स अब गेमिङ सेवातर्फ ढल्किने भएको छ । हालै एक व्यापारिक कन्फरेन्स कलका क्रममा नेटफ्लिक्सका अधिकारीहरुले ८० भन्दा बढी गेमहरु तयार हुने क्रममा रहेको बताएका हुन्।
यो समाचार नेटफ्लिक्सको गेमतर्फको रणनीति सार्वजनिक हुने क्रममा बाहिरिएको हो। यसपटक भने कम्पनीले विगतका गल्तीहरुबाट सिक्दै उनीहरुका मनपर्ने शोहरु प्रसारण नहुने सिजनमा पनि उनीहरुलाई जोडिरहनका लागि यी गेमहरुको सेवा ल्याउन लागेको गिज्मोचाइनाले उल्लेख गरेको छ।
यसका लागि कम्पनीले डाटा ड्रिभन पद्धतिका आधारमा टाइटलहरुको एउटा मजबुत लाइब्रेरी बनाउने बताइएको छ। यसअघिका गेम लञ्चका क्रममा बटुलेका सफलता तथा असफलता र तीतामीठा अनुभवहरुको आधारमा उक्त मजबुत लाइब्रेरी बनाउनेतर्फ लागेको बुझिएको छ। यसमा नेटफ्लिक्सको लोकप्रिय बौद्धिक सम्पत्तिमा आधारित भएर गेमहरु निर्माणमा जोड दिइने छ।
यो रणनीतिले हाल रहेका आफ्ना फ्यानहरुलाई टिकाइराख्न तथा शो र गेमका बीच गाढा सम्बन्ध बनाउन पनि मद्दत पुग्ने कम्पनीको अपेक्षा छ।
प्रकाशित: ८ श्रावण २०८१, मंगलवार