डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गरिने

  • Technology Khabar | ६ श्रावण २०८१, आईतवार
डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गरिने

काठमाडौं ।

सरकारले डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जन गर्ने भएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्कलाई समयानुकूल परिमार्जनसहित प्रभावकारी ढङ्गले कार्यान्वयन गर्ने जानकारी गराएका हुन्।

नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोगगरी अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ,” उनले भने, “ब्यान्डविथको भुक्तानीका लागि विदेशिने गरेको ठूलो रकम रोकिने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तत्काल काम थाल्नेछ।”

प्रकाशित: ६ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार