विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन

  • Technology Khabar | ४ श्रावण २०८१, शुक्रबार
विश्वका वैज्ञानिकलाई आकर्षित गर्न फार्मास्युटिकल इनोभेसन पार्क निर्माण गर्ने योजनामा चीन

काठमाडौं ।

चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा तथा स्वास्थ्य क्षेत्रमा विश्वव्यापी वैज्ञानिकलाई आकर्षित गर्ने योजना सार्वजनिक गरेको छ।

पार्क बेइजिङ ई–टाउनका नामले प्रख्यात बेइजिङ आर्थिक–प्राविधिक विकास क्षेत्रमा अवस्थित हुनेछ बिहीबार समाप्त एशियाका लागि बोआओ फोरमको ग्लोबल हेल्थ फोरमको तेस्रो सम्मेलनमा घोषणा गरिएको थियो ।

करिव ५.८ वर्ग किलोमिटरको योजनाबद्ध क्षेत्रको साथ, पार्कले अन्तर्राष्ट्रिय कर्पोरेट मुख्यालयको समूह प्रस्तुत गरी विश्व–स्तरीय विशेष अस्पताल र औषधि सम्बन्धित उद्योगको प्रोत्साहनमा ध्यान केन्द्रित गर्नेछ।

“पार्कले मात्रात्मक जीवविज्ञान, नयाँ पुस्ताको उच्च प्रविधि र उपचारात्मक जिन सम्पादन प्रविधिजस्ता स्वास्थ्यका सीमावर्ती क्षेत्रलाई लक्षित गर्नेछ,” बेइजिङ ई–टाउन व्यवस्थापन समितिका निर्देशक कोङले बताए।

विश्वभरका वैज्ञानिक, विश्वस्तरीय नेता तथा विज्ञान प्रविधिमा नवप्रवर्तन टोलीलाई आकर्षित गर्ने कोङले उल्लेख गरे।

बेइजिङ ई–टाउनले भर्खरै जारी गरेको कृतिम बौद्धिकता अनुप्रयोग परिदृश्यको पहिलो समूहमा औषधि, स्वास्थ्य र औषधि अनुसन्धान र विकासजस्ता १० क्षेत्रहरू समावेश छन् ।

जैविक तथा सूचना प्रविधिको एकीकरणलाई बढावा दिने जनाउँदै एआई कम्प्युटिङ शक्तिको माध्यमबाट नयाँ औषधि अनुसन्धान र विकासलाई बढावा दिने कोङले बताए। रासस/सिन्ह्वा

प्रकाशित: ४ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार