विश्वव्यापी सूचना प्रविधिमा आएको त्रुटिलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीको भनाइ

  • Technology Khabar | ४ श्रावण २०८१, शुक्रबार
विश्वव्यापी सूचना प्रविधिमा आएको त्रुटिलाई सच्चाइएको क्राउडस्ट्राइकका अधिकारीको भनाइ

काठमाडौं ।

शुक्रबार विश्वभरका विमानस्थल, बैंक र सञ्चार माध्यमलाई प्रभावित गर्ने विश्वव्यापी सूचना प्रविधि अवरोधको कारण बनेको त्रुटिलाई सच्चाइएको छ।

क्राउडस्ट्राइकका लागि एक फिक्स प्रयोग गरिएको क्राउडस्ट्राइक एन्टिभाइरस फर्मका प्रमुख कार्यकारी अधिकृतले शुक्रबार बताएका छन्।

क्राउडस्ट्राइक अमेरिकी साइबर सुरक्षा प्रविधि कम्पनी हो । सीईओ जर्ज कुर्ट्जले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देशमा लेखेका छन, “क्राउडस्ट्राइकले विन्डोज होस्टहरूको लागि एकल सामग्री अद्यावधिकमा फेला परेको त्रुटिबाट प्रभावित ग्राहकहरूसँग तत्काल सम्पर्क गरी यस समस्याको पहिचान गरिएको छ। समस्याको समाधानसँगै सबै अवरूद्धता हटेको विश्वास गरिएको छ।”

शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा विश्वभरको उडान र दूरसञ्चार सेवा तथा यसबाट लिइने अन्य अनलाइन सेवाहरू प्रभावित बनेका थिए ।

‘माइक्रोसफ्ट एज्योरमा देखिएको प्राविधिक समस्या’ का कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ वा अवरोधहरू भएको हुनसक्ने फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, भारतलगायतका प्रसिद्ध विमान कम्पनीहरूले शुक्रबार बताएका थिए। रासस/एएफपी

प्रकाशित: ४ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार