क्यान नेपाललाई आइसिसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

  • Technology Khabar | ३ श्रावण २०८१, बिहीबार
क्यान नेपाललाई आइसिसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’

काठमाडौं ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले प्रदान गरेको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर अवार्ड’ नेपालले हात पारेको छ।

२१ ओटा एसोसिएट राष्ट्रहरूलाई उछिनेर नेपालले उक्त अवार्ड जितेको नेपाल क्रिकेट सङ्घले जनाएको छ।

क्रिकेट खेलको धेरै दर्शक रहेको नेपाल यसअघि एसिया क्षेत्रबाट यो अवार्डका लागि छनोट भएको थियो।

क्यान डिजिटल टोलीले आफ्ना प्रशंसकहरूलाई यसको लागि धन्यवाद समेत दिएको छ।

“हाम्रो अविश्वसनीय प्रशंसकहरूलाई तिनीहरूको अटल समर्थनको लागि हृदयदेखि धन्यवाद! तपाईंको जोश र उत्साहले यो उपलब्धि सम्भव बनाएको छ र हामीलाई सधैं उत्प्रेरित राख्नेछ।” क्यान नेपालले भनेको छ।

आइसिसीले नेपाली क्रिकेटको डिजिटल माध्यम फेसबुकमा चार सय प्रतिशतले वृद्धि भएको समेत जनाएको छ।

प्रकाशित: ३ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार