एप्पलको आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वेया पब्लिक बिटा रोल आउट

  • Technology Khabar | ३ श्रावण २०८१, बिहीबार
एप्पलको आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वेया पब्लिक बिटा रोल आउट

काठमाडौं ।

डब्ल्यूडब्ल्यूडीसी २४ सम्मेलनको एक महिना पछि, एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टमहरूको लागि पहिलो पब्लिक बिटा जारी गरेको छ। यसमा आईओएस १८, आईप्याडओएस १८, म्याकओएस सेक्वे, वाचओएस ११ र टिभीओएस १८ समावेश छन्।

यसअघि एप्पलले आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वेको लागि तीन ओटा डेभलपर बिटाहरू जारी गरेको थियो भने यो जाडोयाममा फाइनल रिलीज संस्करणहरू ल्याउने जनाइएको छ।

अधिकांश बगहरू डेभलपर बिटाहरूमा नै समाधान गरिने भएकाले पब्लिक बिटाहरू सामान्यतया नियमित प्रयोगकर्ताहरूका लागि सुरक्षित हुने गर्दछ।

यद्यपि एप्पलले अझै पनि प्रयोगकर्ताहरूलाई उनीहरूको प्राथमिक डिभाइसहरूमा बिटा सफ्टवेयर स्थापना नगर्न चेतावनी दिइरहेको उल्लेख छ।

नयाँ बिटा प्रयोग गर्न चाहनेहरूले आफ्नो सबै डाटा ब्याकअप गरेर एप्पल बिटा सफ्टवेयर प्रोग्राममा इनरोल (नामांकन) गर्नुपर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...