आजदेखि क्लियरिङ्ग सेवामा भ्याट, कनेक्ट आईपीएसबाट हुने भुक्तानीमा समेत १३ प्रतिशत जोडिने

Technology Khabar १ श्रावण २०८१, मंगलवार

काठमाडौं ।

सरकारले आजदेखि क्लियरिङ्ग सेवामा समेत मूल्य अभिवृद्धि कर (भ्याट) लिने भएको छ।

डिजिटल दशक घोषणा गरेको सरकारले आर्थिक वर्ष २०८१/८२ बजेटमार्फत साउन १ गते आजदेखि क्लियरिङ्ग सेवामा भ्याट लगाएको हो।

आर्थिक ऐन, २०८१ ले समासोधन गृह अर्थात क्लियरिङ्ग सेवालाई मूल्य अभिवृद्धि कर छुटको सूचीबाट हटाएको छ। यसअघिसम्म सरकारले यस्तो सेवामा भ्याट छुट दिँदै आएको थियो।

सोही नियमका कारण नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) लगायत अन्य भुक्तानी सेवा प्रदायकहरुले प्रदान गर्ने वा सञ्चालन गर्ने सेवाहरुको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। यसले सेवाग्राहीहरुलाई १३ प्रतिशतको अतिरिक्त भार पर्ने भएको हो।

यस बारेमा एनसीएचएलले आफ्ना सेवाग्राहीहरुलाई सूचनामार्फत अतिरिक्त भ्याट लाग्ने जानकारी गराएको छ। कम्पनीले आफूले सञ्चालन गर्ने सेवाहरुको कारोबार शुल्कमा मूल्य अभिवृद्धि कर लाग्ने जानकारी गराएको हो।

प्रकाशित: १ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

१ श्रावण २०८१, मंगलवार

‘End of an era’: MTV pulling plug on global music channels

१ श्रावण २०८१, मंगलवार

AI training for trekking agencies begins

१ श्रावण २०८१, मंगलवार