सिमकोट बजारमा सिसी क्यामरा जडान

  • Technology Khabar | ३१ असार २०८१, सोमबार
सिमकोट बजारमा सिसी क्यामरा जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाको केन्द्रसमेत रहेको सदरमुकाम सिमकोट बजारमा सिसी क्यामरा जडान गरिएको छ।

चोरी तथा अन्य आपराधिक घटना नियन्त्रणमा सहजता ल्याउनका लागि सिमकोट गाउँपालिका र जिल्ला प्रहरी कार्यालय हुम्लाको सहकार्यमा ती क्यामरा जडान गरिएको हो ।

सिमकोट बजार क्षेत्रमा सिसिटिभी क्यामरा जडान गर्ने कार्य भएको प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए।

उनले बजार क्षेत्रमा चोरीका घटना नियन्त्रण गर्न, अन्य आपराधिक घटना हुन नदिनका लागि सिसी क्यामरा सहयोगी बन्ने बताए। क्यामरा जडानपछि सबैखाले अवाञ्छित घटना कम हुने दाबी गरे। गोरखापत्रबाट

प्रकाशित: ३१ असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार