क्वालकमले ‘स्न्यापड्रागन फर इन्डिया’ कार्यक्रम आयोजना गर्दै

  • Technology Khabar | ३१ असार २०८१, सोमबार
क्वालकमले ‘स्न्यापड्रागन फर इन्डिया’ कार्यक्रम आयोजना गर्दै

काठमाडौं ।

क्वालकमले जुलाई ३० मा नयाँ दिल्ली, भारतमा “स्न्यापड्रागन फर इन्डिया” कार्यक्रम आयोजना गर्ने घोषणा गरेको छ। साथै उक्त कार्यक्रममा क्वालकमले “दुई ऐतिहासिक घोषणाहरू“ गर्ने उल्लेख छ।

क्वालकम सटीक विवरणहरू सार्वजनिक नगरेतापनि चिपमेकरले एक्समा पोस्ट गरेको तस्बिरमा फाइभजी र एआई लेखिएको भारतीय शैलीको कलाकृति देख्न सकिने छ। साथै त्यहाँ स्न्यापड्रागन लोगो र तिनीहरूको स्क्रिनमा एआई भएका ल्यापटपहरू पनि रहेको छ।

क्वालकमले ठूलो जमातका लागि भनेर बजेट फोनहरूमा फाइभजी जडान सक्षम पार्ने स्न्यापड्रागन चिप घोषणा गर्न लागेको अनुमान गरिएको छ।

माइक्रोसफ्टको स्न्यापड्रागन एक्स एलिट र स्न्यापड्रागन एक्स प्लस–पावर्ड सर्फेस कोपाइलट+पीसी ल्यापटपहरू भारतमा बिहीबार लन्च गरिएको उल्लेख छ।

प्रकाशित: ३१ असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...