अब सबै अदालतमा स्वचालित पेसी प्रणाली लगिने

Technology Khabar २९ असार २०८१, शनिबार

काठमाडौं ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सुदृढ, स्वच्छ र प्रभावकारी न्यायपालिकाका लागि आफू प्रयासरत रहेको बताएका छन्।

महोत्तरीको जलेश्वरमा नवनिर्मित अदालत भवनको उद्घाटन गर्दै प्रधानन्यायाधीश श्रेष्ठले न्यायपालिकाप्रति विश्वस्त रहँदै सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गरे।

उनले साउनदेखि नै सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा समेत मुद्दा पेसी तोक्ने कार्यलाई स्वचालित पद्धतिमा लैजाने बताए।

स्वचालित पद्धतिबाट पेसी तोकिँदा सेवाग्राहीको गुनासो घट्ने, कर्मचारी, सेवाग्राही र कानुन व्यवसायीलाई सहज हुने र पेसी तोक्ने कार्य पारदर्शी हुने विश्वाससमेत व्यक्त गरे।

उनले न्यायमा सहज पहुँचका लागि अनलाइन बहस पैरवीको तयारीसमेत भइरहेको जानकारी दिँदै यो माध्यम समय सान्दर्भिक भए पनि खर्चिलो भएकाले प्रयोग अपेक्षित हुन नसकेको बताए। उनले अनलाइन बहसको अधिकतम प्रयोगका लागि सबै कानुन व्यवसायीलाई आग्रहसमेत गरे। गोरखापत्रबाट

प्रकाशित: २९ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया