Technology Khabar २९ असार २०८१, शनिबार
काठमाडौं ।
शुक्रबार बिहान पहिरोसँगै बगेर त्रिशूली नदिमा बेपत्ता भएको बस र यात्रुको खोजी गर्न पानी भित्र हेर्न मिल्ने ड्रोन क्यामरा प्रयोग गरिएको छ। शनिबार बिहानैदेखि बस खोजीका लागि सशस्त्र प्रहरी बालका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामरा प्रयोग गरिरहेका छन्।
सशस्त्र प्रहरीका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाकाअनुसार र्याफ्टबोटमा जडान गरेर पानीभित्रको वस्तुहरु हेर्न सोनार क्यामराले सहयोग पुर्याउने छ।
टोलीले त्रिशूली नदिमा सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टम सहित खोजी कार्य सुरु गरेको प्रहरीले जनाएको छ।
बस खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट ९ जना गोताखोरसहित २५ जना र नं १७ गण चितवनबाट ११ जना विपद् व्यवस्थापन तालिम प्राप्तसहित ३५ जनाको सुरक्षा फौज परिचालित भएको छ। साथै नेपाली सेना र नेपाल प्रहरी समेत परिचालित रहेका छन्।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको बस भरतपुर महानगरपालिका २९ सिमलतालबाट त्रिशूली नदिमा खसेको थियो।
प्रकाशित: २९ असार २०८१, शनिबार