हालै अनावरण भएको सामसङ ग्यालेक्सी रिङको प्रमुख विशेषताहरु यस्तो छन्

Technology Khabar २९ असार २०८१, शनिबार

काठमाडौं ।

सामसङको ग्यालेक्सी रिङलाई एमडब्ल्यूसी २०२४ मा घोषणा गरिएकोमा यसको पूर्ण स्पेक्स, मूल्य निर्धारण र उपलब्धता विवरणहरू प्राप्त गर्नका लागि भने लगभग पाँच महिना लागेको छ।

यो ग्यालेक्सी परिवारको सबैभन्दा सानो सदस्य भएतापनि, ग्यालेक्सी रिङ ग्यालेक्सी अनप्याक्ड इभेन्टमा सबैभन्दा प्रभावशाली ग्याजेट भएको जनाइएको छ।

यो हेल्थ (स्वास्थ्य) र एक्टिभिटी गतिविधि ट्र्याकिङमा वर्षौंको अनुसन्धान र विकासको परिणति हुनुका साथै आगामी दिनमा हेल्थ मोनिटरिङ (स्वास्थ्य अनुगमन) को लागि महत्वपूर्ण डिभाइस हुने अनुमान गरिएको छ।

सामसङ ग्यालेक्सी रिङ ब्ल्याक (कालो), सिल्भर (चाँदी) र गोल्ड (सुन) को रङ्गङ्गरुमा आउने छ। यो यूएस रिंग साइज ५–१३ मा उपलब्ध छ भने यो अल ग्रेड ५ टाइटेनियम एलोयबाट बनेको उल्लेख छ। औंठीको डिजाईन कन्केभको साथमा साइड (छेउहरू) बीचमा ट्यापरिङ गरिएको उल्लेख छ।

सबै हेल्थ ट्र्याकिङ सेन्सरहरू, ब्याट्रीहरू र चार्जिङ पिनहरू भित्रको भागमा इपोक्सी रेसिनको लेयर्स (तह) मुनि लुकाएर समावेश गरिएका छन्।

ग्यालेक्सी रिङ आईपी ६८ रेट गरिएको र १० एटीएम वाटरप्रूफ भएकोले यसलाई सबै मौसममा र पौडी खेल्दा पनि ढुक्क भएर लगाउन सकिने छ। सबैभन्दा सानो साइज ५ ग्यालेक्सी रिङको मापन ७.० एमएम ह २.६ एमएम र तौल मात्र २.३ ग्राम रहेको छ भने साइज १३ को संस्करणको तौल ३ ग्राम रहेको छ।

सामसङले प्रत्येक ग्यालेक्सी रिङ अर्डरको साथ एक निःशुल्क साइजिङ किट सिपिङ्ग गर्ने र त्यसपछि अन्तिम छनोट पुष्टि गर्नु अघि कम्तिमा २४ घण्टासम्म आफ्नो औंलामा नमूना लगाउन सल्लाह दिइने छ। साथै सामसङ रिटेल स्टोरहरूमा विभिन्न साइजको औंठीहरू प्रयोग गरेर हेर्न सकिने र सही औंठी छान्न सकिने छ।

ग्यालेक्सी रिङलाई ब्लुटुथ एलई ५.४ सँग पेयर गर्न सकिने र सामसङ हेल्थ एपका साथ एन्ड्रोइड ११ वा त्यसपछिको स्मार्टफोन आवश्यक पर्नेछ। प्रयोगकर्ताहरूले आफ्नो स्वास्थ्य र गतिविधि डाटा पहुँच गर्न कुनै पनि अतिरिक्त सदस्यताहरू खरिद गर्न आवश्यक नपर्ने उल्लेख गरिएको छ।

ग्यालेक्सी रिङले पिन्च गेस्चर कन्ट्रोल्सलाई पनि समर्थन गर्ने छ। ग्यालेक्सी स्मार्टफोनमा फोटो खिच्न वा अलार्महरू खारेज गर्ने क्षमताको साथ नियन्त्रण गर्नको लागि औंठी लगाउँदा आफ्नो बुढी औंला र चोरी औंलाहरू पिन्च गर्न सकिने छ।

त्यसैगरी यो सामसङ फाइन्डसँग पनि कम्पेटिबल हुनुका साथै यसको बिल्ट–इन एलईडी बत्तीहरूलाई हराएको अवस्थामा फ्ल्यास गरेर प्रयोग गर्न सकिने छ।

सामसङको नयाँ ग्यालेक्सी रिङले बिल्ट–इन सेन्सरको सहायताले यसको अप्टिकल पीपीजी सेन्सर र छालाको तापक्रम मार्फत मुटुको धड्कन सहित स्वास्थ्य मेट्रिक्सको मानक एरे ट्र्याक गर्दछ। सामसङको ग्यालेक्सी रिङले निद्रा ट्र्याकिङमा पनि ठूलो मद्दत गर्नेछ र यसको लो–प्रोफाइल डिजाइनको कारणले गर्दा यसलाई २४/७ लगाउन सहज बनाएको उल्लेख छ।

ग्यालेक्सी रिङको स्लीप ट्र्याकिङले घुर्ने विश्लेषणको साथ सक्रिय निद्रा स्कोर र निद्राको समयमा चाल, निद्राको विलम्बता, मुटु र श्वासप्रश्वासको गति जस्ता अतिरिक्त मेट्रिक्स समावेश गर्दछ।

त्यसैगरी स्वचालित वर्कआउट डिटेक्सनका साथ प्रत्यक्ष हार्ट रेट मोनिटरिङ (हृदय दर अनुगमन) र हार्ट रेट अलर्ट (हृदय दर सतर्कता) पनि प्राप्त गर्न सकिने छ। सामसङले एक इनर्जी स्कोर पनि समावेश गरेको छ, जसले १०० मध्ये एक संयुक्त दैनिक स्कोरको लागि तपाईंको गतिविधि र निद्राको स्कोरलाई ध्यानमा राख्ने उल्लेख गरिएको छ।

सानो आकारको ग्यालेक्सी रिङहरू (साइज ५–७) मा १७ एमएएच ब्याट्री सेलहरू फिचर गरिएका छन् जसलाई एक पटक चार्ज गर्दा ६ दिनसम्मको प्रयोग गर्न सकिने भनि रेट (मूल्याङ्कन) गरिएको छ। त्यसैगरी साइज ८–११ मा १८ एमएएच ब्याट्रीहरू समावेश गरिएका छन् र जसलाई ६ दिनको प्रयोग गर्न सकिने भनि रेट गरिएको छ भने साइज १२ र १३ मोडेलहरूमा २२.५ एमएएच ब्याट्रीहरू समावेश गरिएको र ७ दिनसम्म प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।

सामसङ ग्यालेक्सी रिङको मूल्य ३९९ अमेरिकी डलर/४४९ यूरो/३९९ पाउन्ड स्टर्लिंग कायम गरिएको छ। यसको खुला बिक्री भने जुलाई २४ देखि शुरु हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया