ईसेवा मनि ट्रान्सफरद्वारा बम्पर उपहारमा प्राप्त हुने घर सार्वजनिक

Technology Khabar २८ असार २०८१, शुक्रबार

काठमाडौं ।

ईसेवा मनि ट्रान्सफरले सञ्चालन गरेको मेरो डिजिटल देश अभियान अन्तर्गत विदेशबाट इसेवा वालेटमा पैसा पठाउँदा काठमाडैंमा जित्ने घर (बम्पर उपहार) सार्वजनिक गरेको छ, साथै २०८० असोज १ गतेबाट सुरु गरिएको यो योजना कार्तिक ३०, २०८१ सम्म (४ महिना) थप गरिएको छ।

ईसेवा मनि ट्रान्सफरले २ वर्ष अघि डिजिटल कारोबार प्रवर्द्धन र प्रोत्साहन गर्ने उद्देश्यका साथ मेरो डिजिटल देश अभियानको सुरुवात गरेको थियो।

यस अभियानले विदेशमा रहेका नेपालीहरुमा डिजिटल साक्षरता र सशक्तिकरणको प्रवर्द्धनमा उल्लेखनीय भूमिका खेलेको तथ्यलाई मध्यनजर गर्दै पुनः एक पटक ईसेवा मनि ट्रान्सफरले १० महिना अघि “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिंदै फेरि पनि एकजना भाग्यशाली विजेतालाई काठमाडौंमा घर दिने घोषणा गरेको थियो, जस अन्तर्गत विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा रेमिट्यान्स पठाउने एकजना भाग्यशाली विजेताले फेरि पनि काठमाडौंमा घर जित्न सक्नेछन्।

कम्पनीले हालै मात्र यस अभियानमा विजेता बन्ने सेवाग्राही महानुभावलाई प्रदान गरिने घर सार्वजनिक गरेको छ। विदेशबाट आफुले इच्छाएको व्यक्तिको इसेवा वालेटमा रकम पठाउने व्यक्तिहरुमध्येबाट गोला प्रथाद्वारा एकजनालाई कम्पनीले ललितपुरमहानगरपालिका वडा नं ३ इमाडोलमा करिब ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बम्पर उपहार स्वरुप प्रदान गर्नेछ।

साथै, यस अभियानप्रति नेपालीहरूको बढ्दो आकर्षण र उत्साहजनक सहभागितालाई मध्यनजर गर्दै कम्पनीले यो योजना ४ महिनाको लागि थप गरी २०८१ कात्तिक ३० गतेसम्म सञ्चालन गर्ने निर्णय पनि गरेको हो।

अभियान अवधिभर ईसेवा मनि ट्रान्सफर मार्फत ईसेवा वालेटमा पैसा पठाउने व्यक्तिहरु यस बम्पर योजनामा स्वतः सहभागी हुनेछन्।

घर सार्वजनिक तथा अभियान ४ महिनाको लागि थप गरिएको विषयमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, “विदेशमा रहनुभएका नेपालीहरुको उत्साहजनक सहभागिता तथा अभियान केही समय थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै यो योजना ४ महिना थप गरिएको हो।”

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया