विश्वको सबैभन्दा शक्तिशाली रकेट ‘स्टारसिप’ पाँचौं पटकको परीक्षणका लागि तयार

Technology Khabar २८ असार २०८१, शुक्रबार

काठमाडौं ।

विश्वको सबैभन्दा ठुलो रकेट ‘स्टारसिप’ फेरि उडानका लागि तयार भएको छ। यदि सबै योजना अनुसार भएमा यो केहि हप्तामा फेरि परीक्षण उडानमा हुनेछ।

४०० फिट अग्लो स्टारशिपले हालसम्म चारओटा परीक्षण पुरा गरिसकेको छ। तीन ओटा परीक्षण उडानमा प्रारम्भिक असफलता देखिएपनि यो चौथो परीक्षणमा लगभग पुरै सफल भयो। यसको हरेक परीक्षण उडान पछि सुधार देखिएको छ।

इलन मस्कको कम्पनी स्पेसएक्सले यस रकेटबाट ठूलो अपेक्षा गरेको छ। भविष्यमा, यसमा अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमा र मंगल ग्रहमा लैजान सक्ने क्षमता हुन सक्छ।

स्पेसएक्सका संस्थापक तथा सीईओ मस्कले स्टारशिपको पाँचौं परीक्षण पनि चाँडै हुन लागेको बताएका छन्। उनले अर्को चार हप्तामा ५औं उडान भर्ने एक्स पोस्टमा जानकारी दिए।

स्टारशिप रकेट के हो?

स्टारशिप पुन: प्रयोगयोग्य रकेट हो। यसमा मुख्यतया दुई भाग हुन्छन्। पहिलो यात्रु बोक्ने खण्ड हो, जसमा यात्रुहरू बस्छन्, जबकि दोस्रो सुपर हेभी रकेट बूस्टर हो। स्टारशिप र बूस्टर सहित यसको लम्बाइ ३९४ फीट (१२० मिटर) छ भने तौल ५० लाख किलो छ।

जानकारीका अनुसार स्टारशिप रकेटले १६ मिलियन पाउण्ड (७० मेगान्यूटन) थ्रस्ट उत्पादन गर्न सक्षम छ। यो नासाको स्पेस लन्च सिस्टम (एसएलएस) रकेट भन्दा झन्डै दोब्बर हो।

कम्पनीले स्टारशिपको सुपर हेभी भनेर चिनिने विशाल फर्स्ट-स्टेज बूस्टरलाई तटीय दक्षिण टेक्सासमा रहेको यसको सुविधा स्टारबेसको लन्च प्याडमा रोल गरेको छ।

स्पेसएक्सले मंगलबार एक्समा चार तस्बिरहरू र ३० सेकेन्डको भिडियो पोस्ट गर्दै सामाजिक सञ्जाल मार्फत यस कदमको दस्तावेजीकरण गर्यो।

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया