सामसङको ग्यालेक्सी एआई फिचरहरू यस वर्ष २० करोड डिभाइसमा उपलब्ध हुने

  • Technology Khabar | २८ असार २०८१, शुक्रबार
सामसङको ग्यालेक्सी एआई फिचरहरू यस वर्ष २० करोड डिभाइसमा उपलब्ध हुने

काठमाडौं ।

पेरिसमा भएको सामसङको अनप्याक्ड इभेन्टमा, मोबाइल डिभिजनका अध्यक्ष टीएम रोहले कम्पनीको ग्यालेक्सी एआई फिचरहरू यस वर्षको अन्त्यसम्ममा २० करोड डिभाइसमा उपलब्ध हुने क्रममा रहेको घोषणा गरे।

अनप्याक्ड इभेन्टमा, ग्यालेक्सी एआई सुइट, फोल्ड ६ र फ्लिप६ लाई लन्च गरिनुका साथै सामसङका पुराना डिभाइसहरूले अद्यावधिकहरू मार्फत ग्यालेक्सी एआई पनि प्राप्त गर्ने र ग्यालेक्सी एस २४ परिवारका साथ त्यो उल्लेखनिय संख्या हासिल गरिने कम्पनीले जनाएको छ।

सामसङले केही महिना अघिदेखि एस सिरिज र फोल्डेबलका पुराना हाई–इन्ड डिभाइसहरूका लागि ग्यालेक्सी एआई रोल आउट गर्न सुरु गरिसकेको छ। यद्यपि, टीएम रोहले भने ग्यालेक्सी एआई प्राप्त गर्ने थप डिभाइसहरूको बारेमा कुनै विशेष विवरणहरू खुलाएका छैनन्।

त्यसैले, अब सन् २०२४ सामसङको लागि निश्चित रूपमा ग्यालेक्सी एआई वर्षको रूपमा हुने अपेक्षा गरिएको छ।

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार