सामसङको लाइभ ट्रान्सलेट फिचरले थर्ड पार्टी एप्स र मेसेजिङ एपहरूसँग काम गर्ने

Technology Khabar २८ असार २०८१, शुक्रबार

काठमाडौं ।

सामसङको अनप्याक्ड इभेन्टमा ग्यालेक्सी जेड फोल्ड ६ र जेड फ्लिप६, ग्यालेक्सी वाच ७ र वाच अल्ट्रा, ग्यालेक्सी रिङ र ग्यालेक्सी बड्स ३ सिरिजहरुका साथै कम्पनीले ग्यालेक्सी एआई र यसका सुविधाहरूको सन्दर्भमा केही राम्रो समाचार पनि प्रस्तुत गरेको छ।

अब कम्पनीको लाइभ ट्रान्सलेट फङ्गनेलिटी (प्रत्यक्ष अनुवाद कार्यक्षमता) चाँडै तेस्रो–पक्षिय एपहरूमा उपलब्ध हुने जनाइएको छ।

लाइभ ट्रान्सलेट ग्यालेक्सी एआईमार्फत हुनेछ र सामसङको एआई–पावर्ड फिचर्स (संचालित सुविधाहरू) को छाता ब्रान्ड हो। यसले बिल्ट–इन फोन एपसँग मात्र काम गर्ने छ। यद्यपि, सामसङले विस्तारै व्यापक रूपमा प्रयोग हुने इन्स्ट्यान्ट मेसेजिङ एपहरू जस्तै ह्वाट्सएपको लागि समर्थन थप्न थालेको हुनाले यो अवस्था चाँडै परिवर्तन हुने जनाइएको छ।

यसबाहेक, सामसङले अन्य भाषाहरू यसमा थप्ने वाचा गरेको उल्लेख छ।

जुलाईको अन्त्यसम्ममा १६ ओटा भाषाहरू र यस वर्षको अन्त्यसम्ममा २० ओटा भाषाहरूको लागि समर्थनको अपेक्षा गर्न सकिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २८ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया