एप्पल वाच सिरीज १० ठूला डिस्प्लेका साथ आउने अपेक्षा, प्लास्टिकयुक्त वाच एसईको काम पनि हुँदै

  • Technology Khabar | २६ असार २०८१, बुधबार
एप्पल वाच सिरीज १० ठूला डिस्प्लेका साथ आउने अपेक्षा, प्लास्टिकयुक्त वाच एसईको काम पनि हुँदै

काठमाडौं ।

एप्पल वाचमा ठूला स्क्रिनहरू समावेश गरिने ब्लूमबर्गका मार्क गुरम्यानले उल्लेख गरेका छन्। यस हप्ताको पावर अन न्यूजलेटरमा, सिरीज १० मोडेलहरूले नियमित एप्पल वाचको विगतका संस्करणहरूमा देखिएको भन्दा ठूला डिस्प्लेहरू समावेश गरिने र विकल्पहरू मध्ये एउटा एप्पल वाच अल्ट्राको साइजमा नजिक हुन सक्ने गुरम्यानले लेखेका छन्।

साथै गुरम्यानले पहिले रिपोर्ट गरेअनुसार एप्पल वाच सिरीज १० थप पातलो हुने अपेक्षा गरिएको छ।

एप्पलले आफ्नो स्मार्टवाचहरूको लागि थप एडभान्स्ड हेल्थ फिचर्स (उन्नत स्वास्थ्य सुविधाहरू) मा पनि काम गरिरहेको उल्लेख छ। यद्यपि, यी मध्ये केही फिचर्स भने अर्को रिलीजको लागि समयमै तयार नहुन सक्ने जस्तो देखिएको छ। उक्त फिचरहरूमा उच्च रक्तचाप नाप्ने र स्लीप एपनिया पत्ता लगाउने उपकरणहरू समावेश रहेका छन्।

यी फिचर्स (सुविधाहरू) को लागि प्रविधि विकास गर्नमा “एप्पलले केही गम्भीर समस्याहरू भोगेको” गुरम्यानले जनाएका छन्। पेटेन्ट विवादको कारण एप्पलले हाल स्लीप एपनिया मनिटरिङ उपलब्ध गराउन नसक्ने र त्यसको लागि ब्लड अक्सिजन स्याचुरेसन मापनमा निर्भर हुनुपर्ने उल्लेख गरिएको छ।

त्यसैगरी यस वर्ष आल्मुनियमको सट्टा प्लास्टिकको खोलको साथ एप्पल वाच एसईको नयाँ संस्करण पनि देख्न पाइने सम्भावना रहेको र जसले सुरुवाती मूल्यलाई अलिकति घटाउन सक्ने गुरम्यानले अनुमान गरेका छन्।

साथै दुबै एप्पल वाच सिरीज १० मोडेल र नेक्स्ट–जेन एप्पल वाच अल्ट्राले पर्फमेन्स बुस्टको लागि नयाँ चिपहरू प्राप्त गर्ने इनग्याजेटले रिपोर्टमा उल्लेख गरेको छ।

प्रकाशित: २६ असार २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...