
काठमाडौं ।
छिमेकी देश भारतको क्याब राइडहेलिङ कम्पनी ओलाले आफ्नै म्याप्स तयार पारेको छ। एप मार्फत क्याब सेवा प्रदान गर्ने ओलाले आफ्नै म्यापिङमार्फत सेवा दिन शुरु गरेको छ।
यसअघि कम्पनीले गुगल म्याप्स प्रयोग गर्दै आएको थियो । भर्खरै ओलाले माइक्रोसफ्टको एजुर प्लेटफर्म छोडेको छ। ओलाले देशमा उबरसँग प्रतिस्पर्धा गर्छ। गुगल म्यापको सेवा छाड्दा वार्षिक १०० करोड रुपैयाँ बचत हुने कम्पनीले जनाएको छ।
ओलाका सीईओ भाविश अग्रवालले सोशल मिडिया प्लेटफर्ममा एक पोस्टमा भने, “इन-हाउस ओला म्याप्स सेवामा सर्दा यो खर्च शून्यमा झरेको छ।”
ओलाको इलेक्ट्रिक भेहिकल इकाई ओला इलेक्ट्रिकले भारतीय बजारमा इलेक्ट्रिक स्कुटरहरू समेत उत्पादन गर्दै आएको छ।
प्रकाशित: २४ असार २०८१, सोमबार