
काठमाडौं ।
अन्तर्राष्ट्रिय टेक कम्पनी इन्ड्राइभद्वारा स्थापित, विश्वव्यापी गैर-लाभकारी फिल्म पहल अल्टरनेटिभा फिल्म प्रोजेक्टले इन्डोनेसियामा नोभेम्बर २०२४ को अन्तमा विकासशील उद्योगहरूबाट फिल्महरूको सामाजिक प्रभावलाई पहिचान गर्ने उद्देश्यले आफ्नो घुमन्ते अल्टरनेटिभा फिल्म अवार्डसको दोस्रो संस्करण आयोजना गर्दैछ।
इन्डोनेसियामा आयोजना हुने फेस्टिभलले, सन् २०२३ मा कजाकिस्तानमा आयोजित वैकल्पिक फिल्म परियोजनाको सफल उद्घाटन संस्करण पछ्याएको छ, र आगामी दोस्रो संस्करणले इन्डोनेसियाली र दक्षिण पूर्व एसियाली बजारमा आफ्नो ध्यान केन्द्रित गर्नेछ।
अवार्डहरू जून १७ तारिखदेखि सबमिशनका लागि खुला छ, र सबै एसियाली देशहरूका फिल्म निर्माताहरूलाई प्रतिस्पर्धाका लागि फिचर फिल्म, वृत्तचित्र, एनिमेसन र हाइब्रिड फिल्महरू पेश गर्न आमन्त्रित गरिएको छ। शर्ट फिल्म क्याटोगोरीको लागी, आवेदनहरू विशेष रूपमा दक्षिण पूर्व एशियाबाट स्वीकार गरिने संस्थाले जानकारी दिएको छ।
कुल पुरस्कार राषी कोष १,००,००० अमेरिकी डलर छ भने चार पूर्ण-लम्बाइका क्याटगोरीहरूमा प्रत्येकलाई २० हजार डलर प्रदान गरिने छ, र शर्ट्स अवार्डहरुको श्रेणीमा दुई विजेताहरू प्रत्येकलाई १० हजार डलर दिईनेछ।
अल्टरनेटिभा फिल्म प्रोजेक्टकी प्रमुख लिजा सुरगानोभा भन्छिन्, “अल्टरनेटिभा फिल्म अवार्डले स्थानीय फिल्म उद्योगको विकासलाई सहयोग गर्ने एउटा उपकरणको रूपमा काम गर्छ। यसले न्यून प्रतिनिधित्व भएका समुदायका फिल्म निर्माताहरू, जससँग महत्त्वपूर्ण कथाहरू छन् र जसले सांस्कृतिक र सामाजिक परिदृश्यमा प्रभाव पार्ने सम्भावना छ , र तिनीहरुका लागि उत्सवको रुपमा मनाउँछ। सिनेमा परिवर्तन सिर्जना गर्ने एक शक्तिशाली माध्यम हो। अल्टरनेटिभाको महत्वाकांक्षा फिल्म उद्योगमा अन्यायलाई चुनौती दिने मात्र नभई विश्वमा वास्तविक प्रगति ल्याउनु पनि हो- त्यसैले सर्टलिस्टमा परेका चलचित्रहरू मार्फत हाम्रो नयाँ फेस्टिभल इनिसिएटिभलाई सार्वजनिक रूपमा साझा गर्नु पनि महत्त्वपूर्ण छ।”
सन् २०२३ मा, नेपालबाट प्रतिनिधित्व गरेको, राजन काठेत र सुनिर पाण्डेले बनाएको वृत्तचित्र ‘नो विन्टर होलिडेज’ नामक ‘नेटिभा’ अवार्डका विजेताले आफ्नो आर्थिक पुरस्कारलाई नेपालमा फिल्मको थिएटरिक वितरण आयोजना गर्नका लागि प्रयोग गरेका छन्।
प्रकाशित: २३ असार २०८१, आईतवार