आईफोन १६ प्रो र पिक्सेल ९ सिरिजले सामसङको नयाँ एम१४ ओएलईडी प्राप्त गर्नेः रिपोर्ट

  • Technology Khabar | २० असार २०८१, बिहीबार
आईफोन १६ प्रो र पिक्सेल ९ सिरिजले सामसङको नयाँ एम१४ ओएलईडी प्राप्त गर्नेः रिपोर्ट

काठमाडौं ।

एप्पल र गुगलको आगामी फ्ल्यागशिपहरूमा सामसङको नयाँ एम १४ ओएलईडी प्यानल समावेश गरिने जनाइएको छ। साथै उक्त नयाँ एम १४ ओएलईडी प्यानल हालको ग्यालेक्सी एस२४ अल्ट्रामा रहेको उत्कृष्ट प्यानल भन्दा ब्राइटर (उज्यालो) र लङ्ग लास्टिङ (लामो समयसम्म टिक्ने) हुने जनाइएको छ।

कोरियाली आउटलेट ईटीन्यूजको रिपोर्टले आईफोन १६ प्रो, आईफोन १६ प्रो म्याक्सका साथै गुगलको पिक्सेल ९ सिरिजहरूका लागि एम १४ ओएलईडी प्यानल आपूर्ति गर्ने सामसङ डिस्प्लेको योजनाको विवरण उल्लेख गरेको छ।

एम १४ को साथ ओएलईडी प्यानलमा हाईयर–पर्फमेन्स म्याटेरियल्स (सामग्रीहरू) प्रयोग गरिने सुझाव दिने जनाइएको छ। साथै एम १४ ओएलईडी सामसङ डिस्प्लेको हालको ओएलईडीहरू भन्दा ब्राइटर (उज्यालो) र लामो जीवन अवधि हुने उल्लेख गरिएको छ।

कोरियाली रिपोर्टले उद्धृत गरेको आन्तरिक स्रोतका अनुसार, आईफोन १६ प्रो (६.३ इन्च) र १६ प्रो म्याक्स (६.९ इन्च) मा नयाँ डिस्प्ले हुने जनाइएको छ। यद्यपि भेनिला मोडलहरू (६.१ इन्च १६ र ६.७ इन्च १६ प्लस)मा भने हालको १५ पुस्ताले प्रयोग गरेको समान ’एम१२’ प्यानलहरू नै समावेश गरिने थप उल्लेख गरिएको छ।

त्यसैगरी गुगल पिक्सेल ९ सिरिजको सानो पिक्सेल ९ र पिक्सेल ९ प्रो का साथै ठूलो पिक्सेल ९ प्रो एक्सएल मा नयाँ एम १४ प्यानल प्रयोग गरिने रिपोर्ट गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २० असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार