ह्वावेले सीपीयू आर्किटेक्चरमा प्रयोग हुने नयाँ उर्जा दक्षता भएको ताईसान कोर विकास गर्यो

  • Technology Khabar | १७ असार २०८१, सोमबार
ह्वावेले सीपीयू आर्किटेक्चरमा प्रयोग हुने नयाँ उर्जा दक्षता भएको ताईसान कोर विकास गर्यो

काठमाडौं ।

ह्वावेले सीपीयू आर्किटेक्चरमा प्रयोग हुने नेक्स्ट जेनेरेसन ताईसान कोरमा काम गरिरहेको र यो पहिलेको भन्दा धेरै शक्तिशाली र उर्जा दक्ष भएको एक्समा एक टिपस्टरले उल्लेख गरेका छन्। ताईसान कोर्स ह्वावेको आगामी सीपीयू आर्किटेक्चरमा प्रयोग हुने भनिएको छ र यसले एनर्जी–ईफिसिएन्ट कोरहरूको रूपमा काम गर्ने छ।

किरिन ९०००एस को कोर्टेक्स–ए५१० कोर्स भन्दा राम्रो प्रदर्शन गर्दै नयाँ कोरहरूले कथित रूपमा कम पावर खपत गरेको जनाइएको छ।

त्यसैगरी टिपस्टरले ह्वावेको आगामी ताईसान भी१३० आर्किटेक्चरले एप्पलको एम ३ चिपसँग प्रतिस्पर्धा गर्ने र ५ एनएम निर्माण नोडमा आधारित हुने दाबी गरेको छ।

अमेरिकी प्रतिबन्धहरूले गर्दा ठूलो नोक्सानीमा रहेको ह्वावेको लागि यदि डिजाइनले काम गरेमा, कम्पनीको लागि यो ठूलो सफलता हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १७ असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार