Technology Khabar १६ असार २०८१, आईतवार
काठमाडौं ।
नेपाल युवा उद्यमी मंच (एनवाईईएफ) काठमाडौंले छैठौं वार्षिक साधारण सभामार्फत अभिमन्यु गोल्छाको नेतृत्वमा नयाँ कार्यसमितिका सदस्यहरू चयन गरेको छ।
नव-निर्वाचित अध्यक्ष गोल्छा समूहका कार्यकारी निर्देशक हुन र उनले संगठनको उत्कृष्टताको परम्परालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
गोल्छाको नेतृत्वमा रहेका कार्यसमिति सदस्यहरूमा प्रार्थना साखा तत्कालीन अध्यक्ष, आप्पा शेर्पा पहिलो उपाध्यक्ष, अनुभव श्रेष्ठ दोस्रो उपाध्यक्ष तथा क्षितिज तामाङ, इच्छा मल्ल, निर्दोष द्वा, सौरभ श्रेष्ठ, वेदिका मुरारका, सन्दीप शर्मा, सुरक्ष्या अधिकारी, सन्तोष पाण्डे र निखिल अग्रवाल – कार्यसमिति सदस्य छन्।
नयाँ कार्यसमितिले उद्यमशीलता प्रवर्द्धन गर्न तथा नेपालका युवा र महिलाहरूका लागि अवसर सिर्जना गर्न आफ्नो विविध विशेषज्ञता ल्याउने बताईएको छ।
प्रकाशित: १६ असार २०८१, आईतवार