म्याग्दीको आधारभूत तहमा आइसिटी सुदृढीकरण प्रयास

  • Technology Khabar | १५ असार २०८१, शनिबार
म्याग्दीको आधारभूत तहमा आइसिटी सुदृढीकरण प्रयास
सांकेतिक तस्बिर

काठमाडौं ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न सबै आधारभूत तहका विद्यालयमा कम्प्युटर पुर्याउन प्रयास गरिएको छ।

आधारभूत तहमा शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सुदृढीकरण कार्यक्रम अन्तर्गतको बजेटबाट उक्त कम्प्युटर खरिद गरेर उपलब्ध गराइएको थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले आइसिटी सुदृढीकरण कार्यक्रम अन्तर्गत विद्यालयको प्रस्तावनाको आधारमा १५ वटा विद्यालयलाई छ लाख ५० हजार रुपियाँ बराबरका डेस्कटप कम्प्युटर सेट प्रदान गरिएको बताए। उनका अनुसार झन्डै २३ लाख रुपैयाँ मूल्य बराबरको प्रविधि र शैक्षिक सामग्री विद्यालयलाई प्रदान गरेको छ।

अन्नपूर्ण गाउँपालिकाले वार्षिक कार्यक्रम अनुरूप विभिन्न पाँच शीर्षकमा २२ लाख ९४ हजार रुपियाँ मूल्य पर्ने सामग्री विद्यालयलाई हस्तान्तरण गरेको हो। गाउँपालिकाभित्र रहेका हरेक विद्यालयमा कम्प्युटर पुर्याउने प्रयासस्वरूप यो काम भएको उनले बताए।

गाउँपालिकाभित्रका १८ वटा विद्यालयलाई १२६ प्रकारका शैक्षिक सामग्री प्रदान गरेको छ। गोरखापत्रबाट

प्रकाशित: १५ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...