टेरामोक्स नभए कल बाईपास गरेर खाने धन्दा हुन्छ, एनसेल कालोबजारिया होः सांसद बस्नेत

  • Technology Khabar | १४ असार २०८१, शुक्रबार
टेरामोक्स नभए कल बाईपास गरेर खाने धन्दा हुन्छ, एनसेल कालोबजारिया होः सांसद बस्नेत
मोहन बस्नेत प्रतिनिधि सभामा बोल्दै। फाइल तस्बिर।

काठमाडौं ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसद मोहन बहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणले लागू गराउन खोजेको विवादित टेरामोक्स (वा टेरामोस समेत भनिने) को विषयलाई लिएर टिप्पणी गरेका छन्।

उनले टेरामोक्स प्रविधि कल बाईपास(भीओआईपी) जस्ता टेलिफोनमा गैरकानुनी धन्दा गर्नेलाई नियन्त्रण गर्ने विधि भएको बताउँदै यसले राज्यको वार्षिक रु २५ अर्ब घोटाला हुनबाट जोगिने दाबी गरे।

आफूले ठूलो आँट गरेर सुरु गरेको यो प्रविधिलाई रोक्न र भाँड्न केही तत्व सक्रिय रहेको जानकारी गराउँदै यो प्रविधिलाई लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिने उनको जिकिर छ।

सांसद बस्नेतले टेरामक्सको विषयलाई समय समयमा उठान गर्ने गरेको र यस घोटाला प्रकरणमा ३ जना सांसदहरुको नाम मुछिएकोसमेत बताए।

उनले ‘एकदम कलिला–कलिला ओठ निचरे दूध आउने माननियज्यूहरूदेखि लिएर दाह्रीजुँगा फुलेकासम्म’ सबैले यो कुरा उठाई रहेको भन्दै उनले उचित दिन आएमा सदनमा यसको बारेमा जवाफ दिने उनले बताए।

“टेरामक्स एउटा यस्तो विधि हो जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दा भीओआईपी प्रकरण, त्यस्लाई अर्को भाषामा भनौँ त्यस्लाई नियन्त्रण गर्छ” सांसद बस्नेतले भने।

सांसद बस्नेतले संसारभरी यही विधिले नियन्त्रण गरेको जिकिर गर्दै ती देशहरुमा यो ठगी गर्ने धन्दा नभएको तर नेपाल मात्र एउटा यस्तो देश भएको जहाँ कल बाईपास गरेर अर्बौँ वर्षको २५ अर्ब भन्दा बढी घोटाला राजस्व घोटाला भएको बताए।

“यदी यो टेरामक्स भन्ने विधि चाँही त्यो कल बाईपास गरेर खाने वा भीओआईजी प्रकरणलाई रोक्ने विधि संसारभरी विधि हुने । होइन भने विधि के हो त संसारभरी विधि हुने यहाँ चाँही नहुने के हो ?” सांसद बस्नेतले बैठकमा प्रश्न उठाए।

“त्यसैले मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ र २५ अर्ब वार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायहरुलाई ढाकछोप गर्ने, थेग्ने, अथवा यसलाई डाईभर्ट गर्न खोजेको हो यो भविष्यले बताउला,” सांसद मोहन बहादुर बस्नेतले जिकिर गरे।

उनले टेरामक्स नेपालका लागि अर्बौं रूपैयाँ राजस्व जोगाउने एउटा मन्त्र, फर्मुला भएको र यो नभएसम्म यो कल वाईपास गरेर खाने काम भइनै रहने दाबी गरे। उनले यसमा एनसेललाई गंभिर आक्षेप समेत लगाए।

“यो देशमा यस्ता लुटेराहरू अहिले एनसेल यसको सबैभन्दा ठूलो यो चाँहि कालोबजारिया गर्ने संस्था हो” उनले भने।

हेर्नुस् भिडियो-

प्रकाशित: १४ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • १४ असार २०८१, शुक्रबार