
काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन स्टार्टअप (नवप्रवर्तन) उद्यमीलाई पुरस्कृत गरेको छ।
मन्त्रालयले बिहीबार एक कार्यक्रम आयोजना गरी उनीहरूलाई दुई लाख राशिसहित कदर पत्रसहित पुरस्कृत गरेको हो।
पुरस्कृत हुनेमा झापा विर्तामोडस्थित हाइ हिमालयन अर्गानिक प्रालिका सञ्चालक प्रदिप घिमिरे, ललितपुरस्थित माउन्टेन बि कन्सर्नका सरिता भट्टराई र रूपन्देही स्थित आवास फर्निचर उद्योगका सञ्चालक यज्ञश्वर प्रसाद श्रेष्ठ छन्।
नवप्रवर्तकारी उद्यमीलाई पुरस्कृत गर्ने सम्बन्धी मापदण्ड, २०८० अनुसार उनीहरूलाई पुरस्कृत गरिएको मन्त्रालयले जानकारी दिएको छ।
कार्यक्रममा मन्त्रालयले उद्यमीहरूलाई लगानीमैत्री वातावरणको लागि प्रयास गरिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बताए।
प्रकाशित: १३ असार २०८१, बिहीबार