केईको इलेक्ट्रिक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला, यस्ता छन् विशेषताहरु

  • Technology Khabar | १३ असार २०८१, बिहीबार
केईको इलेक्ट्रिक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला, यस्ता छन् विशेषताहरु

काठमाडौं ।

केई मोटर्सको आधिकारीक वितरक लक्ष्मी ई-मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रीक एसयूभी एक्स-३ प्रोको बुकिङ खुला गरेको छ। यसका साथै कम्पनीले काठमाडौंको भाटभटेनीमा शोरुम सञ्चालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो।

बिहीबार एक विज्ञप्तिमार्फत एक्स–थ्री प्रो मोडल दुई भेरियन्टमा बुकिङ खुला गरिएको जानकारी दिएको छ।

शुरुवातमा केई एक्स-३ प्रोको डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध हुनेछ। इन्टोडक्टरी प्राइसको हिसावले डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ।

कटिङ एज टेक्नोलोजी, स्लीक डिजाइन र उत्कृष्ट पर्फमेन्स दिनसक्ने एक्स-३ प्रो मोडल कम्प्याक्ट एसयूभी सेग्मेन्टमा शान्दार मोडल बन्ने कम्पनीले विश्वास लिएको छ। यसमा ५३.६ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीकाअनुसार यसले सिंगल चार्जमा ४०१ किलोमिटर रेन्ज दिनेछ। यसलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ८ घन्टामा फुल चार्ज गर्न सकिन्छ। साथै, १०० किलोवाटसम्मको चार्जर सपोर्ट गर्ने एसयूभीलाई ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।

कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आउने एक्स-३ प्रो मोडलको लम्बाई ४४०० मिलिमिटर, चौडाई १८३१ मिलिमिटर र उचाई १६५३ मिलिमिटर रहेको छ। ५ सिट क्षमताको एसयूभीमा २६३२ एमएम लामो ह्वीलवेस रहनेछ। यसको अगाडि म्याकफेर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको छ। पछाडि भने मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्स दिइएको छ। यसमा १८३ एमएमको ग्राउन्ड क्लियरेन्स छ।

केई एक्स–३ प्रोमा १०.२५ इन्चको आधुनिक इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको एलसीडी इन्फर्मेशन क्लष्टर, इन्टेलिजेन्ट स्काईरुफ, ड्यूल जोन एसी, वायर लेस चार्जर, पावर एड्जस्टेवल ड्राइभर सिट रहेको छ’, कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १३ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार