घरजग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने

  • Technology Khabar | १३ असार २०८१, बिहीबार
घरजग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने

काठमाडौं ।

अब घरजग्गा किनबेच गर्दा पनि राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ। घरजग्गा किनबेचसँगै सरकारले बैकिङ कारोबार, टेलिफोन, सिमकार्ड लगायतका सार्वजनिक सेवा लिन राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने भएको छ।

सरकारले आँउदो माघ महिनादेखि घर जग्गा किनबेच, सामाजिक सुरक्षा कोष, बैकिङ तथा वित्तीय र टेलिफोन तथा सिमकार्ड लिँदा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।

त्यस्तै यहि साउनबाट नै राजश्व सम्बन्धी व्यक्तिगत आयकर दर्ता, सवारी चालक अनुमतिपत्र, कम्पनी दर्ता तथा नवीकरण सेवामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने तयारी गरेको परिचय पत्र तथा पञ्जिकरण विभागले जानकारी दिएको छ।

केहि समय अघिमात्रै सामाजिक सुरक्षा, स्वास्थ्य बीमा र निवृत्तिभरणमा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो। सेवामा एकरुपता ल्याउन अब विस्तारै अन्य सेवाहरुमा समेत परिचय पत्र अनिवार्य गर्ने तयारी गरेको विभागले जनाएको छ।

सरकारले यी विभिन्न सेवामा राष्ट्रिय परिचय पत्र लागु गर्ने भएसंगै अहिले हरेक जिल्ला प्रशासन कार्यालयहरुमा सेवाग्राहीको भिड बढेको छ।

प्रकाशित: १३ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार