Technology Khabar १३ असार २०८१, बिहीबार
काठमाडौं ।
मोटोरोलाले आफ्नो नेक्स्ट जेनरेशन रेजर ५० सिरिजका फोल्डेबल फोनहरू सार्वजनिक गरेको छ। यसमा रेजर ५० र रेजर ५० अल्ट्रा समावेश रहेका छन् र तिनिहरु क्रमशः गत वर्षको रेजर ४० र ४० अल्ट्राको उत्तराधिकारीको रूपमा आएको जनाइएको छ।
कम्पनीको नयाँ फोल्डेबल फोनहरूमा तिनीहरूका पूर्ववर्तीहरूले भन्दा धेरै अपग्रेडहरू प्याक गरिएको उल्लेख छ। साथै मानक मोडल अब ठूलो सेकेण्डरी स्क्रिनको साथ आएको जनाइएको छ।
मोटोरोला रेजर ५० सिरिजको स्पेसिफिकेसन र फिचर्स
मोटोरोला रेजर ५० र रेजर ५० अल्ट्रा क्ल्यामशेल फोल्डेबल फोनहरू हुन्। दुबै फोनहरू एफएचडी प्लस रिजोल्युसन र डल्बी भिजनको लागि समर्थन भएको ६.९ इन्च फ्लेक्सभ्यू पीओएलईडी (पोलेड) डिस्प्लेसँग आउँछन्। साथै मानक मोडलमा १२०हर्ज रिफ्रेस रेट र २,६०० निट्सको पिक ब्राईटनेस फिचर गरिएको छ।
त्यसैगरी, अल्ट्रा मोडलमा भने १६५ हर्जको एलटीपीओ रिफ्रेस रेट रहेको र अधिकतम ब्राईटनेस ३,००० निट्ससम्म पुग्ने जनाइएको छ।
रेजर ५० अल्ट्राको पछाडिको प्यानलमा रहेको सेकेन्डरी स्क्रिनमा १६५हर्ज एलटीपीओ रिफ्रेस रेट, १०८०पी रिजोल्युसन र एचडीआर१० प्लस समर्थन सहितको पीओएलईडी (पोलेड) प्यानल पनि रहेको छ। साथै फोल्डेबल फोनमा ४ इन्चको सबैभन्दा ठूलो डिस्प्ले रहेको छ।
अर्कोतर्फ, मानक रेजर ५० फोन ९० हर्ज रिफ्रेस रेटको साथ सानो १.५–इन्चको स्क्रिनबाट ३.६ इन्चमा सरेको जनाइएको छ। साथै दुबै डिभाइसहरूमा सेकेन्डरी डिस्प्ले गोरिल्ला ग्लास भिक्टस शिल्डेड छन्। यो भिडियो हेर्न, नेभिगेसन र थप सुविधाहरू लागि प्रयोग गर्न सकिने छ।
अप्टिक्स फ्रन्टमा, मोटोरोला रेजर ५० डुओमा ओआईएस सहितको ५० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ। अल्ट्रा मोडेलमा ५० मेगापिक्सेलको २ एक्स टेलिफोटो लेन्स रहेको छ भने मानक भेरियन्टमा १३ मेगापिक्सेलको अल्ट्रा–वाइड–एंगल सेन्सर समावेश छ। त्यसैगरी दुबै फोनमा ३२ मेगापिक्सेलको सेल्फी स्न्यापर पनि रहेको छ।
मोटोरोला रेजर ५० सिरिजमा पाँचौं पुस्ताको स्टार ट्र्याक हिञ्जका साथ इक्विप्ड गरिएको छ। साथै उक्त हिञ्जलाई सानो र हल्का भएको थप उल्लेख छ। यसमा ६००० सिरिजको एभिएसन–ग्रेड एल्युमिनियम फ्रेम पनि फिचर गरिएको छ। दुवै फोनमा पानी प्रतिरोधका लागि आईपीएक्स८ रेटिङहरू रहेका छन्। साथै पावर बटनमा साइड–माउन्टेड फिंगरप्रिन्ट स्क्यानर इम्बेड गरिएको छ।
रेजर ५० मा डाइमेन्सिटी ७३००एक्स प्रोसेसर समावेश गरिएको छ भने रेजर ५० अल्ट्रामा स्न्यापड्रागन ८एस जेन ३ चिपसेटसंग सुसज्जित छ।
साथै दुबै फोनहरू १२जीबी र्याम र ५१२जीबी यूएफएस ४.० स्टोरेज (भण्डारण) सम्म प्याक गर्दछ। रेजर ५०अल्ट्रामा ४,०००एमएएच ब्याट्री रहेको र उक्त ब्याट्रीले ४४ वाटको वायर्ड (तार) र १५ वाट वायरलेस चार्जिङको लागि समर्थन गर्ने जनाइएको छ।
त्यसैगरी, मानक मोडलमा ४,२००एमएएच ब्याट्री रहेको छ र उक्त सेलले ३३ वाट वायर्ड (तार) र १५ वाट वायरलेस चार्जिङ समर्थन गर्ने उल्लेख गरिएको छ।
यसबाहेक, रेजर ५० सिरिजको अन्य सुविधाहरूमा एन्ड्रोइड १४ ओएस, फाईभजी, डुअल–ब्यान्ड वाईफाई, यूएसबी–सी पोर्ट आदि समावेश रहेको छन्।
मोटोरोला रेजर ५० को ८जीबी प्लस २५६जीबी र १२जीबी प्लस ५१२ जीबी भेरियन्टहरूको लागि क्रमशः ३,६९९ चिनियाँ युआन (५१० अमेरिकी डलर) र ३,९९९ चिनियाँ युआन (५५० अमेरिकी डलर) को मूल्य कायम गरिएको छ। साथै रेजर ५० लेदर टेक्सचर ब्याक प्यानलको साथ स्टिल ऊल, प्युमिस स्टोन र अरबेस्क रंगहरूमा आउने जनाइएको छ।
अल्ट्रा मोडलको १२जीबी + २५६जीबी र १२जीबी + ५१२जीबी कन्फिगरेसनहरूको लागि मूल्य क्रमशः ५,६९९ चिनियाँ युआन (७८५ अमेरिकी डलर) र ६,१९९ चिनियाँ युआन (८५० अमेरिकी डलर) रहेको जनाइएको छ।
साथै अल्ट्रा मोडलको डिल, नेभी ब्लेजर, र पीच फज रंगहरूमा उपलब्ध भएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १३ असार २०८१, बिहीबार