यसै साता प्रकाशित हुने एसइई २०८० को नतिजा यसरी हेर्न सकिन्छ

Technology Khabar १० असार २०८१, सोमबार

काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले यसै साता माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ।

कार्यालयले सोमबार गोरखापत्रमा सूचना जारी गर्दै नतिजा हेर्न सकिने विभिन्न विकल्पहरु रहेको जानकारी गराएको छ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण विभिन्न तोकिएका वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएकाे हो।

यसका लागि कार्यालयले तोकिएका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै शर्टकोड र वेबसाइट प्रयोग गर्न स्वीकृति दिइएको जनाएको छ।

जसमध्ये नेपाल टेलिकम एनसेल आजियाटा लिमिटेड जानकी टेक्नोलोजी स्विफट टेक्नोलोजी प्रा.लि. इजी सर्भिस प्रा.लि. आकाश टेक प्रा.लि. इसेवा लिमिटेडलगायतका संस्थाहरुलाई अनुमति दिएको छ।

यस बाहेक नतिजा हेर्नका लागि सरकारी निकायका वेबसाइटहरुमा समेत उपलब्ध गराईने भएको छ।

जसमध्ये कार्यालय राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को वेबसाइट www.see.gov.np, राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीको वेबसाइट www.neb.gov.np लगायतमा समेत राखिने भएको छ।

प्रकाशित: १० असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया