Technology Khabar १० असार २०८१, सोमबार
काठमाडौं ।
मधेश प्रदेशसभा बैठकमा मोबाइल नचलाउन र गेम नखेल्न सभामुख रामचन्द्र मण्डलले आइतबार रुलिङ गरेका छन्।
मधेश प्रदेश सभामा मोबाइल प्रयोग गर्न निषेध गरिएको छ। तर प्रदेश सांसदहरुले सभाको बिचमानै मोबाइल चलाउने गरेका देखिएपछि आइतबार सभामुख मण्डलले मोबाइल नचलाउन, गेम नखेल्न रुलिङ गरेका हुन्।
प्रदेश सभामा स्थानीय सेवा गठन, सञ्चालन र सेवा सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेका समयमा सभामुख मण्डलले यस्तो रुलिङ गरेका थिए।
‘माननीय सदस्यहरु कि त मोबाइल स्वीच अफ गर्नुपर्यो, कि त साइलेन्ट राख्नुपर्यो। र मोबाइल चलाएर गेम खेल्ने अन्य काम बन्द गर्नुपर्यो’, सभामुख मण्डलले भने।
यो रुलिङ् गर्नुपर्ने विषय नभएपनि रुलिङ गर्नुपर्ने अवस्था आएको उनले बताए । र यसलाई सिरियसली बुझिदिने कुरो गर्न आग्रह गरेका थिए।
प्रकाशित: १० असार २०८१, सोमबार