नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत

Technology Khabar ९ असार २०८१, आईतवार

नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक प्रस्तुत
फाइल तस्विर

काठमाडौं ।

राष्ट्रिय सभाको आजको बैठकमा ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक–२०८१’ पेस भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सो विधेयक सभामा पेस गरेका हुन्।

राष्ट्रियसभाको आज बसेको बैठकमा उक्त विधेयक सर्वसहमतिबाट पारित भएको छ।

नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी वातावरण संरक्षणमा योगदान पुर्याउन उचित कानुनी व्यवस्था गर्ने, नवीकरणीय ऊर्जाको प्रवर्द्धन, विकास र विस्तार गरी दिगो ऊर्जामा नागरिकको पहुँच वृद्धि गर्ने जिम्मेवारीका साथ सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहमा तोकिएका निकायहरुसँग आवश्यक समन्वय गर्ने व्यवस्था विधेयकमा समावेश गरिएको छ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार अपराह्न १ः १५ बजे बस्नेछ। रासस

Sajilo Visa

प्रकाशित: ९ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार