नेपाल टेलिकमको फोरजी मोबाइल सेवा अब माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा उपलब्ध

  • Technology Khabar | ७ असार २०८१, शुक्रबार
नेपाल टेलिकमको फोरजी मोबाइल सेवा अब माछापुच्छ्रे बेस क्याम्प र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा उपलब्ध

काठमाडौं ।

नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प (एमबीसी) तथा अन्नपूर्ण बेस क्याम्प (एबीसी) क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ।

नेपाल टेलिकमले मुलुककै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको माछापुच्छ्रे बेस क्याम्प (Machhapuchhre Base Camp -MBC) तथा अन्नपूर्ण बेस क्याम्प (Annapurna Base Camp – ABC) क्षेत्रलाई लक्षित गरी द्धन् मोबाइल सेवा विस्तार गरेको हो।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्पमा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।

यसैगरी उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको २जी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि ४जी सेवा सञ्चालनमा ल्याईएको छ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको फोरजी मोबाइल सेवाबाट लाभान्वित हुनसक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: ७ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार