Technology Khabar ७ असार २०८१, शुक्रबार
काठमाडौं ।
वोल्फ ७७७ अनलाइन क्यासिनो साईटबाट सट्टेवाजी (अनलाईन जुवा) खेलाउने काम गर्दैआएका व्यक्तिहरुलाई नेपाल प्रहरी प्रधान कायाालय केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ।
प्रहरीले गोप्य सचुनाको आधारमा अनुसन्धान गर्दैजाँदा उक्त वोल्फ ७७७ अनलाइन क्यासिनो (Wolf 777 Online Casino) का संचालकहरुले बिभिन्न व्यक्तिहरुलाई बैंक खाताको क्यूआर कोड सामाजिक संजालमार्फत पठाई अनलाईन सट्टेवाजी (अनलाईन जुवा) खेलाई हारजित हुने गरेर करिब २ महिना अगाडीदेखी अन्दाजी २४ करोड रकम बराबरको शंकास्पद अनलाईन कारोवार गरेको पत्ता लगाएको छ।
पक्राउ पर्नेमा रुपन्देहीका २५ वर्षिय आकाश मिश्र, २२ वर्षिय अभिषेक जैसवाल, २५ वर्षिय नितेश हरिजन, २९ वर्षका रामु गिरी, २८ वर्षका प्रतिक बस्याल तथा काठमाडौंका २९ वर्षिय सजल श्रेष्ठ रहेका छन्।
उनीहरुलाई प्रहरीले मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ अन्तरगतको सट्टाबाजी कसुरमा काठमाण्डौं जिल्ला अदालतवाट म्याद थप गरी अनसुन्धान भईरहेको जनाएको छ।
प्रकाशित: ७ असार २०८१, शुक्रबार