क्लासिक टेकको भुक्तानी सेल पे वालेट मा ‘बुलेट सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक

  • Technology Khabar | ६ असार २०८१, बिहीबार
क्लासिक टेकको भुक्तानी सेल पे वालेट मा ‘बुलेट सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक

काठमाडौं ।

नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकको भुक्तानी सेल पे वालेट मार्फत गर्दा ‘बुलेट बाइक सरर, इन्टरनेट टिभी फरर’ अफर सार्वजनिक भएको छ।

यस अफरमा कम्पनीका नयाँ तथा पुराना ग्राहक वर्गहरुले इन्टरनेट टिभीको सेल पे वालेट बाट भुक्तानी गर्दा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार अन्तरगत रोयल इन्फिल्ड क्लासिक ३५० सीसीको बुलेट बाइक जित्न सक्नेछन।

त्यति मात्र नभई हरेक महिना म्याकबुक, आईप्याड र एप्पल वाच जित्ने अवसर पनि रहेको छ। उक्त अफरमा पुराना ग्राहकवर्गका लागि रिचार्ज अफरमा ३२५ एमबीपीएस सहित २०० प्लस एचडी र एसडी च्यानल रहेको इन्टरनेट टिभी जसको मात्र रु. ७९९ प्रति महिना साथै नयाँ ग्राहक वर्गका लागि २०० एमबीपीएस इन्टरनेट ३ महिनाको मात्र रु. ३३०० जसमा वाईफाई ६ राउटर सहितको प्याकेज समेत रहेको  कम्पनीले  जानकारी गराएको छ।

उक्त अफरहरु आउने कात्तिकमसान्त सम्म मात्र रहेको पनि कम्पनीले बताएको छ।

प्रकाशित: ६ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार