Technology Khabar ६ असार २०८१, बिहीबार
काठमाडौं ।
वानप्लसले भारतमा आफ्नो नोर्ड सीई४ लाइटको लागि लन्च मिति पुष्टि गरेको छ। वानप्लसको यस मिडरेन्जरलाई सोमबार, जुन २४ मा भारतीय समय अनुसार साँझ ७ बजे घोषणा गरे लगत्तै अमेजन इन्डिया मार्फत प्रि–अर्डरहरू सुरु हुने जनाएको छ।
नोर्ड सीई४ लाइट स्न्यापड्रागन ६९५ को सट्टा स्न्यापड्रागन ७ जेन ३ चिपसेटको साथ ओप्पो के१२ को रिब्रान्ड भएको अनुमान गरिएको छ।
साथै बाँकी स्पेस शीट भने ६.७ इन्च ओएलईडी डिस्प्ले (एफएचडी+ १२०हर्ज), सोनी एलवाईटी–६०० सेन्सर प्रयोग गर्ने ओआईएसको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा र ८०डब्ल्यू वायर्ड चार्जिङको साथ ५,५०० एमएएच ब्याट्रीसँग समान हुनुपर्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ६ असार २०८१, बिहीबार