आईफोन १७ उल्लेखनीय रूपमा स्लिमर हुने दाबी, म्याकबुक र एप्पल वाचले पनि पछ्याउने

Technology Khabar ५ असार २०८१, बुधबार

काठमाडौं ।

एप्पलले आफ्नो डिभाइसहरूको पातलोपन तर्फ फेरी आफ्नो ध्यान केन्द्रित गर्न सक्ने सम्भावना रहेको मार्क गुरम्यानले आफ्नो पावरअन न्यूजलेटरमा उल्लेख छ। गुरम्यानले आईफोन १७ लाइनअपका साथै म्याकबुक र एप्पल वाचको थिकनेस (मोटाई) मा उल्लेखनीय रुपमा कमि देख्न सकिने बताएका छन्।

एप्पलको भर्खरै जारी गरिएको आईप्याड प्रोको कदम पछि यो जानकारी आएको छ। हालै रिलिज गरिएको एप्पलको उक्त आईप्याड प्रोले पर्फर्मेन्स वा ब्याट्री लाईफमा धेरै सम्झौता नगरी स्लिमर (पातलो) डिजाइनलाई प्राथमिकता दिएको छ। साथै एप्पलको आफ्नै एम–सिरिजको चिप्सले आईप्याड र म्याकबुक लाइनहरू पावर गरेकाले यो उपलब्धि सम्भव भएको उल्लेख छ।

यद्यपि, गुरम्यानको रिपोर्टले यी डिभाइसहरू कत्तिको पातलो हुनेछन् वा यसबाट उत्पन्न हुन सक्ने चुनौतीहरूको बारेमा भने सटीक विवरणहरु प्रदान गर्दैन्। डिभाइसलाई पातलो बनाउनको मतलब प्रायः निर्माताले हार्डवेयरको सन्दर्भमा केही कुनाहरू काट्नुपर्ने हुन्छ वा यसको क्षतिपूर्ति गर्न नवीन प्रविधि प्रस्तुत गर्नुपर्ने आवश्यक हुने रिपोर्टमा भनिएको छ।

ठूला ब्याट्री र क्यामरा सेन्सरहरू चाहिने सामान्य फोनहरूको कम्प्याक्ट फर्म फ्याक्टरलाई ध्यानमा राख्दै, प्रयोगकर्ताको अनुभवमा सम्झौता नगरी थिनर (पातलो) डिजाइन हासिल गर्नु ब्रान्डका लागि महत्त्वपूर्ण कोसेढुङ्गा हुनेछ।

स्लिमर डिजाइन रहेको अघिल्लो म्याकबुकहरू हेर्दा निकै मनमोहक र राम्रो भए तापनि यसले थर्मल थ्रोटलिङ, किबोर्ड समस्याहरू र सीमित सीपीयू/जीपीयू विकल्पहरू जस्ता समस्याहरूको सामना गर्नुपरेको थियो।

एप्पल सिलिकनले धेरै जस्तो चिन्ताहरूलाई सम्बोधन गरेको भएतापनि आईफोनहरू, म्याकबुकहरू र वाचेजको पातलो डिजाइनले, फलस्वरुप साना ब्याट्रीहरू ल्याउन सक्छ। भविष्यका चिप्सबाट हुने कार्य दक्षता लाभले यसलाई केही हदसम्म कम गर्न सक्छ, तर समग्र ब्याट्री लाईफमा आउने कमी भने प्रयोगकर्ताहरूको लागि प्रमुख चिन्ताको विषय हुन सक्ने जनाइएको छ।

प्रकाशित: ५ असार २०८१, बुधबार

तपाइको प्रतिक्रिया