बससेवा डटकमले हरेक टिकट बापत रु एक नीलहिरा समाजलाई प्रदान गर्ने

  • Technology Khabar | ३ असार २०८१, सोमबार
बससेवा डटकमले हरेक टिकट बापत रु एक नीलहिरा समाजलाई प्रदान गर्ने

काठमाडौं ।

नेपालको एक मात्र अनलाइन बससेवा भुक्तानी सेवा प्रदायक बससेवा डटकम र नील हिरा समाज र बीच अनलाइनबाट बुकिङ्ग भएका टिकटहरुमा, एक टिकट बराबर एक रुपैयाँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको हितको लागी छुट्याउने सम्झौता भएको छ।

यस सम्झौता पत्रमा नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकाल र बससेवा डट कमका तर्फबाट बजार ब्यवस्थापक डेनिसजंंग थापाले हस्ताक्षर गरे।

उक्त सम्झौता बमोजिम बससेवा डटकमले कुनै पनि ब्याक्तिले काटेको टिकटबाट निल हिरा समाजलाई एक रुपैयाँका दरले प्रदान गर्नेछ।

सम्झौता अनुसार बससेवा डट कमले आफ्ना सेवाहरुका बारेमा नील हिरा समाजलाई उल्लेख गर्दै कुनै पनि ब्यक्तिले यात्रा गर्नु परेमा आफ्नो मोबाईलबाट घरमा नै बसेर टिकट काट्न सकिनेछ भने टिकट काट्दा यात्रुहरुले ईसेवा, फोनपे, खल्ती, प्रभुपे लगायत नजिकै रहेका साईबर, मोबाईल बैकिङ्ग र ईन्टरनेट बैकिङ्गमार्फत अनलाईन टिकट काट्न सकिने छ।

प्रकाशित: ३ असार २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...