भारतीय विद्यार्थीले बनाए ‘एआई कुर्सी’, निर्वाचित नेताहरुलाई चुनावी वाचा सम्झाउने

Technology Khabar २ असार २०८१, आईतवार

भारतीय विद्यार्थीले बनाए ‘एआई कुर्सी’, निर्वाचित नेताहरुलाई चुनावी वाचा सम्झाउने
सांकेतिक तस्विर

काठमाडौं ।

चुनावमा गरेका बाचाहरु बिर्सने जनप्रतिनिधि वा नेताहरुलाई उक्त बाचा र प्रतिबद्धताहरु सम्झाउन ‘एआई कुर्सी’ बनाइएको छ। यो एआई कुर्सी एक भारतीय विद्यार्थी अंशित श्रीवास्तवले बनाएका हुन्, जो गोरखपुरको एक कलेजमा कम्प्युटर विज्ञान प्रथम वर्षका विद्यार्थी हुन्।

उनले बनाएको ‘एआई कुर्सी’ ले नेताहरुलाई बस्ने बित्तिकै उनीहरुका वाचाहरु सम्झाइदिन्छ। ग्याजेट्स३६० को रिपोर्टअनुसार जनताहरु धेरै आक्रोशित भएमा कुर्सीले जनताको असन्तुष्टिको बारेमा समेत नेताहरुलाई जानकारी गराउने छ।

भावी भारतीय प्रधानमन्त्री र मुख्यमन्त्रीलाई ध्यानमा राखेर ‘एआई चेयर’ बनाएको उनले बताएका छन्। समाचार प्रतिवेदनका अनुसार कुर्सीमा रातो र हरियो बत्ती जडान गरिएको छ, जसको सहयोगमा नेताहरूको कामको मूल्याङ्कन हुनेछ। यो मूल्याङ्कन जनता आफैंले गर्नेछन् र उनीहरूलाई सामाजिक सञ्जालमार्फत ‘राम्रो’ वा ‘खराब’ अंक दिइनेछ।

अंशितका अनुसार एआई चेयरमा सेन्सर जडान गरिएको छ। उनीहरुको सक्रियतासँगै नेताहरुले सङ्केत पाउन थाल्ने छन्। उसको काम कतिले रुचाएका छन् र कति जना उनीप्रति रिसाउँछन् भन्ने कुर्सीबाटै थाहा हुनेछ। लाखौं लाइक पुगेपछि एआई चेयर सक्रिय हुनेछ। कुर्सीमा बस्ने व्यक्तिले आफ्नो कामको जानकारी र लोकप्रियताको बारेमा पनि थाहा पाउनेछ।

एआई कुर्सीमा देशभक्तिको गीत पनि बजाइन्छ र जनता रिसाएपछि यो आफैं हल्लिनेछ। अंशित अध्ययनरत कलेजका निर्देशक एनके सिंहले यो एआई चेयर भविष्यमा टेक्नोलोजीको माध्यमबाट अझ स्मार्ट हुने बताएका छन्। उनले विद्यार्थीहरुको सहयोगमा भारु ३५ हजार खर्चेर १५ दिनमै तयार पारेका हुन्।

एआई चेयर बनाउन एन्ड्रोइड स्मार्टफोन, रातो र हरियो इन्डिकेटर, पिन केबल, फाइबर चेयर, पीसीबी बोर्ड, ब्याट्री आदिको प्रयोग गरिएको रिपोर्टमा भनिएको छ।

प्रकाशित: २ असार २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार

New computer laboratory for Gyanodaya

२ असार २०८१, आईतवार

‘End of an era’: MTV pulling plug on global music channels

२ असार २०८१, आईतवार

AI training for trekking agencies begins

२ असार २०८१, आईतवार