निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

  • Technology Khabar | १ असार २०८१, शनिबार
निओ मनि ट्रान्सफर र ट्रान्स्फर रेपिडबीच सहकार्य, रोमानियाबाट सहजै रेमिट्यान्स् पठाउन सकिने

काठमाडौं ।

निओ मनि ट्रान्सफर र रोमानियाको ट्रान्स्फर रेपिडबीच सहकार्य भएको छ। सहकार्यसँगै अबदेखि रोमानियामा बसिरहेका नेपाली दाजुभाई दिदी बहिनीहरुले आफ्ना प्रियजनहरूलाई सुरक्षित र सहज रुपमा पैसा पठाउन सक्नेछन्।

वैदेशिक रोजगारीको खोजीमा रहेका नेपालीहरुको रोजाइको गन्तव्यमा अहिले रोमानिया निकै आकर्षक गन्तव्य हो। हाल रोमानियामा २२,००० भन्दा बढी नेपालीहरु आफ्ना परिवारका लागि काम गनर्सका साथै बसोबास गरिरहेका छन्।

रोमानियामा रहेका नेपालीहरुले अब ट्रान्स्फर रेपिडबीचको शाखाहरु, वेबसाइट पोर्टल र मोबाइल एप्लिकेसनबाट छिटो र प्रभावकारी रुपमा नेपालमा पैसा पठाउन सक्ने बताईएको छ।

बैंक तथा वालेट भुक्तानी कारोवारहरु निओ मनि ट्रान्सफरको आधुनिक प्रविधिबाट तुरुन्तै सेवाग्राहिहरुको खातामा भुक्तानी हुनेछ। साथै नगदमा पठाइएको कारोवार पनि निओ मनि ट्रान्सफरका नेपालभर रहेका १५,००० भन्दा धेरै शाखाहरुबाट सजिलै प्राप्त गर्न सकिने जनाएको छ।

नयाँ सहकार्यबारे निओ मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत सागर खनालले बताए “हामी अब ट्रान्स्फर रेपिडसँगे नयाँ साझेदारीको घोषणा गर्न पाउँदा निकै उत्साहित छौं, मलाई आशा छसबैभन्दा कम शुल्क र प्रतिस्पर्धी दरहरूमा कष्ट मुभिङ्ग फण्ड घटाउने हाम्रो दृष्टिकोणलाई यस सहकार्यले समर्थन गर्दै आफ्ना प्रियजनहरूलाई सहयोग गर्न विदेशिएका नेपाली प्रवासीहरुको भावनालाई कदर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।”

प्रकाशित: १ असार २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार