२०८४ को निर्वाचनमा एआई र डिपफेकले चुनावमा हराईदिने सांसद शाहको चेतावनी

  • Technology Khabar | ३२ जेष्ठ २०८१, शुक्रबार
२०८४ को निर्वाचनमा एआई र डिपफेकले चुनावमा हराईदिने सांसद शाहको चेतावनी
फाइल तस्विर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले २०८४ सालमा हुने निर्वाचनमा एआई र डिपफेकले अन्य सांसदहरुलाई चुनावमा हराईदिने चेतावनी दिएका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहले बजेटमार्फत आफ्नो चुनावी क्षेत्रमा खुद्रे र लाख रुपैयाँका बजेट छुट्याएर सांसद तथा नेताहरुले चुनाव जित्न खोजेको भन्दै त्यसमा आक्रोश व्यक्त गरेका हुन्।

उनले विनियोजन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बजेट विनियोजन बारेमा बोल्दै भने, “माननिय ज्यूहरुले २,४, ५ लाखको बजेट लगेर चुनाव जितुँला भन्ने लाग्या छ भने त्यो छोड्दिनुस् २०८४ मा तपाईँले चुनाव जित्नुहुन्न। तपाईको मकअप भाषण आउँछ एआईले नै भाषण गर्नेछ। डिपफेक भिडियो आउँछ। त्यसैले चुनाव जित्छु भन्ने छोड्दिनुस्।

प्रकाशित: ३२ जेष्ठ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...