Technology Khabar ३२ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले टिकटकलाई खुला गर्न माग गरेका छन्। भीपीएनबाट प्रयोकर्ताले टिकटक चलाईरहेको दाबी गर्दै यसलाई प्रतिबन्ध लगाएको औचित्य नभएको बताए।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद शाहले टिकटक बन्द हुँदा टेलिकम कम्पनीहरुलाई ठूलो आर्थिक क्षति पुगेको, साना घरेलु उद्योगी/व्यवसायीहरु बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरेपनि भीपीएनबाट ठूलो संख्यामा टिकटक चलिराखेको दाबी गरे।
“सरकारले टिकटक बन्द भएपछि विकृति वा अपराध घटेको तथ्यांक वा प्रतिवेदन त छैन होला। तर टिकटक बन्द भएपछि ब्यान्थविथ घटेर डाटा बिक्रीबाट हुने आम्दानी घटेर एनसेलको १ अर्ब ४४ करोड र एनटीसीको डेढ अर्ब रुपैयाँ घाटा भएको तथ्यांकले देखाएको छ,” उनले भने।
फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए।
यसका साथै उनले व्यवस्थित र नियन्त्रितरुपमा टिकटक खोल्न माग गरे।
प्रकाशित: ३२ जेष्ठ २०८१, शुक्रबार